काठमाडौ । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ । त्रिपालमा क्वारेन्टाइन स्थलको लेआउट विधिबारे पनि जानकारी दिइएको छ ।
बिरामीलाई अस्पतालमा गरिने उपचार विधि र प्रक्रियाका साथै क्वारेन्टाइनमा रहँदा चिकित्सकबाट प्रदान हुने सेवा तथा जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनु पर्ने सजगताका सम्बन्धमा सङ्गठन मातहतका निकाय र सर्वसाधारणलाई सञ्चारमाध्यममार्फत जानकारी गराउन पूर्वाभ्यास गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । पूर्वाभ्यासका लागि त्यहाँ ६० भन्दा बढी पाल स्थापना गरिएको छ ।
सङ्क्रमण आशङ्का भई अस्पताल पुग्ने बिरामीलाई दिइने स्वास्थ्य सेवा, जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनुपर्ने सचेतना र क्वारेन्टाइनमा रहँदा हेक्का राख्नुपर्ने विषयका बारेमा पूर्वभ्यासका क्रममा प्रमुख सेनानी डा मुन थापा र सेनानी ली बुढाथोकीले जानकारी दिए । चिकित्सक ५० र अन्य गरी १८१ जनाको चिकित्सा टोली पूर्वाभ्यासमा संलग्न छ । यस्तो पूर्वाभ्यास आवश्यकतानुसार भइरहने छ ।
कोभिड–१९ को जोखिम नियन्त्रणका लागि हातधुने तरिका, चिकित्सकले अपनाउनुपर्ने सावधानी, बिरामीको तामक्रम लिँदा पुर्याउनुपर्ने होशियारीलगायत विषयमा जानकारी दिइने छ । पूर्वाभ्यासबाट जङ्गीअड्डा मातहतका विभिन्न निकाय र अन्य सर्वसाधारणका लागि समेत कोभिड–१९ उपचार विधि र अपनाउनुपर्ने पद्धतिबारे जानकारी लिन सहयोग पुग्ने छ । सैनिक मुख्यालय र मातहतका निकायका कार्यालय प्रवेश गर्नुअघि ज्वरो भएको नभएको यकिन गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने कार्य शुरु भइसकेको छ । नेपालमा हालसम्म कोभिड–१९ का बिरामी फेला परिसकेका छैनन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: