Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

उचित व्यवस्थान गरेर मात्रै टिपर सञ्चालन गर्नुपर्ने माग

काभ्रे । पनौती बजार क्षेत्रमा टिपरले धेरै समस्या पारेकाले त्यसको उचित व्यवस्थान गरेर मात्रै टिपर सञ्चालन गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले बुधबार नगरपालिकामा पुगेर नगरप्रमुख भीम न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार पनौती बसपार्कमा टिपरले ठक्कर दिएर आमाछोरीको निधन भएपछि पनौतीका बासिन्दाले नगरपालिकामा ज्ञापनपत्र बुझाएर नगरप्रमुखको ध्यानाकर्षण गराएका हुन् । टिपर आतङ्कका कारण पनौतीमा दिनदिनै दुर्घटना भएको र स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल असर गर्दै गएको अवस्थामा समस्या समाधान गर्न अबको १५ दिनभित्रमा टिपरको उचित व्यवस्थापन गर्न ज्ञापनपत्रमा उल्लेख छ । मौखिक अवगत गराउँदा पनि ध्यान नगएको हुनाले अबको १५ दिनभित्रमा टिपरको व्यवस्थापन गरी स्थानीय बासिन्दाको जिउधन र स्वास्थ्यको ख्याल गरिदिन आग्रह गरिएको छ । साथै सम्बन्धित पक्षले पनि त्यस विषयमा आफैँले व्यवस्थापनका लागि सोच्न आग्रह गरेको छ ।

ज्ञापनपत्रको उचित सम्बोधन नभए स्थानीय बासिन्दा आफैँले टिपर बन्द गर्न बाध्य हुने ज्ञापनपत्रमा जनाइएको छ । साँघुरो सडकमा तीव्रगतिमा टिपर गुडाउँदा दुर्घटना बढी हुनुका साथै धुलोधुवाँ बढी भएकाले स्वास्थ्यमा असर गरिरहेका कारण टिपर चलाउन बन्द गर्नुपर्ने स्थानीय बासिन्दा महेन्द्र ताम्राकारले बताए । आफूहरूले पहिले पनि पटकपटक नगरपालिकामा मौखिक जानकारी गराउँदा पनि नगरपालिकाले ध्यान नदिएको उनको भनाइ छ ।

नगरपालिका प्रमुख भीम न्यौपानेले स्थानीय बासिन्दाले टिपर व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै उनीहरुको सम्बोधन गर्न आगामी असार मसान्तसम्ममा वैकल्पिक बाटो बनाएर टिपर व्यवस्थापन गरिसक्ने बताए । पनौतीको ढलमलेबाट भालेश्वरसम्म वैकल्पिक बाटो बन्दै गरेकाले असार मसान्तसम्ममा वैकल्पिक बाटोमा टिपरलाई व्यवस्थापन गर्ने उनको भनाइ छ । बुधबार पनि टिपर नचलाउन आग्रह गर्दै स्थानीय बासिन्दाले करिब तीन/चार घण्टासम्म अवरोध गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE