काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिए ।
“सरकारले नै कोभिड–१९ को सङ्क्रमण जोखिमका कारणले सबै परीक्षा स्थगन गर्ने भनेपछि हामीले पनि स्थगन गरेका हौँ”, उनले भने, “भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गरेका छौँ ।” त्रिविले आज पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गरेको थियो ।
परिषद् बैठकले त्रिवि अन्तर्गतका सम्पूर्ण आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको पठन–पाठन पनि आजदेखि चैतमसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । हिउँदे÷ वर्षे बिदा पाउने शिक्षक÷कर्मचारी÷ विद्यार्थीलाई आगामी वर्ष बिदाबाट मिलाउने गरीे निर्णय गरेको कार्यवाहाक शिक्षाध्यक्ष प्राडा। भुसालले जानकारी दिए । त्रिविका सेवा आयोगका अन्तर्वाता र परीक्षाका कार्यक्रम सम्बन्धमा सेवा आयोगले सूचना प्रकाशित गरी जानकारी गराउने निर्णय समेत भएको छ ।
उनका अनुसार बैठकले त्रिविका नियमित प्रशासनिक कामहरु यथावत रुपमा सञ्चालन गर्ने, कार्यालयमा सावुन पानी र सेनिटाइजरको व्यवस्था गरी आवश्यक सावधानीका उपाय अपनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिने, कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी संख्यामा भेला नहुने सूचना जारी गरेको हुँदा सोही अनुसार क्याम्पसका छात्रावासमा आवश्यक व्यवस्था मिलाउने सम्बन्धित क्याम्पसलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगन गरिएका परीक्षाका प्रश्नपत्र सुरक्षित राखिने बताए । उनले उपत्यका बाहिरका क्याम्पसमा पठाइएको प्रश्नपत्र प्रहरी कार्यालयमा राखिने बताए ।
त्रिविको त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेदेखि, स्नातकोत्तर तह चौथो सेमेस्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेस्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु गर्ने तालिका तय गरेको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: