Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

सवारीसाधनको अभाव देखाएर, गाडी भाडामा ठगी गर्ने २८ जना पक्राउ

काठमाडौं । सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना पक्राउ परेका छन्। टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी हविन्द्र बोगटीले बताए।

पक्राउ परेकालाई आइतबार अदालतमा उपस्थित गराइनेछ। उनले भने, ‘टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गेनिङ गर्ने, बढी भाडा असुल्ने गरेको पाएका छौं।’

सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गरेपछि काठमाडौंबाट अधिकांश विद्यार्थी र अभिभावक बाहिरिने क्रम बढेको छ। रौतहतको गडुरा जान लागेका विलास ठाकुरले टिकटको दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे। ‘टाटा सुमोबाट घर जान लागेको। काउन्टरका मान्छेलाई सोध्यो गाडी छैन भन्छन्’, बल्खुमा भेटिएका ठाकुरले भने, ‘डबल भाडा तिर्ने हो भने गाडी मगाउने बताउँछन्। घार जानु छ।’

वीरगन्जका राजेश महतो अन्य समयमा गाडीबाट झर्नेबित्तिकै झोला समात्न आउने काउन्टरका मान्छेले असहज स्थितिमा यात्रुलाई ठग्ने गरेको बताउँछन्। अहिले टिकट काट्ने व्यक्तिलाई यात्रुसँग बोल्ने फुर्सदै छ।
गौशाला, सुन्धारा, पुरानो बसपार्क, चाबहिल, बालाजु, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा पनि यात्रुसँग बढी भाडा लिने गरिएको सार्वजनिक यातायातका अधिकारकर्मी प्रेमबहादुर थापा बताउँछन्। ‘यात्रुको बाध्यतालाई यातायात व्यवसायीले कमाई खाने भाँडो बनाएका छन्। कोरोनाका कारण विश्व त्रसित छ’, थापाले भने, ‘तर यहाँ कसरी ठग्ने भन्ने होडबाजी छ।’

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको उदासीनताले संकटको समयमा यात्रु ठगिनु दुर्भाग्यपूर्ण भएको थापा बताउँछन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला तोकिएभन्दा धेरै भाडा नलिन महासंघसँग आबद्ध सबै सदस्यलाई जानकारी गराएको बताउँछन्। ‘कोरोनाका कारण चालक र यात्रु सबै त्रसित छन्। अहिले कमाउने भन्दा यात्रुलाई सेवा दिने समय हो’, सिटौलाले भने, ‘बढी भाडा लिएको भेटिएमा कारबाही गर्न महासंघले साथ दिनेछ।’

वैशाख ३ गतेसम्मका लागि सम्पूर्ण सवारीका लागि मुलुकभर रुट इजाजत खुला गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनाल बताउँछन्। ‘उपत्यकाबाट बाहिरिने सवारीले यात्रुको चाप धान्न समस्या हुन सक्छ’, खनालले भने, ‘सहरभित्र गुड्ने गाडीले पनि यात्रुलाई गृहजिल्ला पुर्‍याउन योग्दान होस् भनेर रुट खुला गरिएको हो।’

सार्वजनिक यातायातमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने यातायात विज्ञ शरदचन्द्र पौडेल बताउँछन्। ‘संक्रमणको जोखिम उच्च छ। सार्वजनिक यातायात सञ्चालन गर्न संयमता अपनाउनुपर्छ। यात्रुलाई संक्रमणबाट बचाउन सवारीसाधनमा आवश्यक सुरक्षा उपकरणको व्यवस्था मिलाउनुपर्छ।’ विभागका सूचना अधिकारी खनाल भने कर्मचारी अभावले आवश्यक पूर्वतयारी गर्न नसकिएको बताउँछन्। अन्नपुर्णपोष्टबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE