काठमाडौं । अमेरिकामा कोरोनाको प्रभाव आक्रामक खालको देखिएको छ । राजधानी वाशिंगटन डिसीसहित ५० राज्यमै कोरोनाको महामारी फैलँदै गएको छ । काेराेनाकाे कारण व्यापारिक शहर न्यूर्योक सबैभन्दा बढि प्रभावित बनेको छ ।
सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा कोरोनाको कारण आइतबारसम्म ३४८ ले ज्यान गुमाएका छन् । अमेरिकामा झण्डै २७ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४,८२४ जना थप नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
न्यूर्योक सबैभन्दा बढि प्रभावित
कोरोनाको कारण अमेरिकाको मुख्य व्यापारिक शहर न्यूर्योक निकै प्रभावित बनेको छ । सार्वजनिक तथ्यांकअनुसार न्यूर्योकमा हालसम्म १२ हजारभन्दा बढि मानिस कोरोनाबाट संक्रमित भएका छन् । जनाइएअनुसार पछिल्लो २४ घण्टामा मात्रै झण्डै २ हजार नयाँ संक्रमित न्यूर्योकमा भेटिएका थिए ।
सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामै कोरोनाकै कारण २० जना संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाकै कारण न्यूर्योकमा हालसम्म ७६ जनाले ज्यान गुमाएको उल्लेख छ ।
वाशिंगटन, क्यालिफोर्निया र न्यूजर्सीमा बढि बिरामी
अमेरिकाको राजधानी वाशिंगटनसहित मुख्य शहरहरु क्यालिफोर्निया र न्यूजर्सीमा कोरोनाको संक्रमित बढि भेटिएका छन् । राजधानी वाशिंगटनमा हालसम्म सबैभन्दा बढि ९४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । सार्वजनिक तथ्यांकअनुसार वाशिंगटनमा आइतबारसम्म १,७९३ जना कोरोनाबाट संक्रमित भएका छन् ।
क्यालिफोर्निया र न्यूजर्सीमा क्रमशः २८ र १६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा पछिल्लो २४ घण्टामा मात्रै ४ जनाले ज्यान गुमाए । क्यालिफोर्निया र न्यूजर्सीमा क्रमशः १,५१९ र १,३२७ जना कोरोना संक्रमित छन् ।
अमेरिकाको फ्लोरिडा, टेक्सास, जर्जिया, म्यासाचुसेट्स, कोलोराडो, पेन्सिलभेनिया, टेनेसी, उत्तर क्यारोलिनालगायतका राज्य कोरोनाबाट बढि प्रभावित छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: