काठमाडौं । नेपालमा कोरोना भित्रन सक्ने जोखिम बढ्दै जाँदा पनि नेपाल–भारत सीमा बन्द हुन सकेको छैन् । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठकमा पटक–पटक सीमा बन्दबारे छलफल भएपनि निर्णय भने हुन सकेको छैन् ।
शनिबार मात्रै पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठकमा सीमा नाका तत्काल बन्द गर्नेबारे छलफल भएको थियो । बैठकमा सहभागि अधिकांश सदस्यहरुले सीमा नाका बन्द गर्न माग गरेका थिए । तर सरकारले भने ‘प्रक्रिया’ भन्दै सीमा नाका बन्द गर्ने कुरालाई लम्बाईरहेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको शनिबार भएको छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सीमा नाका बन्द गर्न भारतीय समकक्षीसँग छलफल गर्न आग्रह गरिएको भएपनि प्रक्रिया अगाडि नबढेको बुझिएको छ ।
हालसम्म कोरोनाको संक्रमण नदेखिएको भएपनि नेपाल कोरोनाको उच्च जोखिम भएको मुलुकमा पर्दछ । विभिन्न देशबाट निर्वाध रुपमा आईरहेका विदेशी तथा नेपाली र दक्षिण छिमेकी देश भारतसँगको खुल्ला सिमानाको कारण जोखिम बढ्दो छ । तत्कालै लिनुपर्ने निर्णयमा अलमल हुनुले कोरोनाको जोखिमलाई झनै बढाएको देखिन्छ ।
बिहारमा कोरोना संक्रमितको मृत्यु
भारतमा एकपछि अर्को कोरोना संक्रमितको मृत्यु भईरहेको छ । शनिबार राती नेपालको सिमा क्षेत्रसमेत जोडिएको बिहारमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । सार्वजनिक तथ्यांकअनुसार आइतबारसम्म भारतमा ३३२ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।
सीमा नाका बन्द गर्न पूर्वमन्त्री गुप्ताको विशेष आग्रह
पूर्वमन्त्री जेपि गुप्ताले तत्काल सीमा नाका बन्द गर्न आग्रह गरेका छन् । बिहारमा कोरोनाको महामारी फैलँदै गरेको अवस्थालाई मध्यनजर गर्दै उनले सीमा नाका तत्कालै बन्द गर्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटमार्फत गुप्ताले प्रधानमन्त्रीलाई निर्मम बनेर सीमा नाका बन्दबारे निर्णय लिन आग्रह गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: