Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

कोरोना भाइरसबारे नयाँ तथ्य : मुटुका रोगीलाई सबैभन्दा बढि जाेखिम

काठमाडौं । कोरोना भाइरसले विश्वभर त्रासदी र संकट निम्त्याएको छ । कोरोनाकै कारण हालसम्म १३ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वभर ३ लाखभन्दा बढि मानिस संक्रमित छन् ।

यसैबीच वैज्ञानिकहरुले कोरोनाबारे नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाबाट ज्यान गुमाएका संक्रमितहरुको बारेमा अध्ययन गरि सार्वजनिक गरेको तथ्यअनुसार कोरोनाको कारण सबैभन्दा बढि जोखिम मुटुरोगीलाई देखिएको छ ।

वैज्ञानिकहरुले कोरोनाको कारण ज्यान गुमाएका व्यक्तिहरुको अध्ययन गर्दा अधिकांश व्यक्ति मुटु, मधुमेह, श्वासप्रश्वाससँग सम्बन्धित समस्या, उच्च रक्तचाप र क्यान्सरबाट पीडित थिए । जसमध्ये हृदय रोगी र मधुमेहका रोगी बढि भेटिए ।

चीनमा गरिएको यो अध्ययनअनुसार कोरोना संक्रमित मुटु रोगीमध्ये १०.५ प्रतिशतले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार कोरोना संक्रमित मधुमेहका रोगीमध्ये ७.३ प्रतिशतले ज्यान गुमाउका छन् । त्यस्तै कोरोना संक्रमित श्वासप्रशासका रोगीमध्ये ६.३ प्रतिशतले ज्यान गुमाएका छन् । कोरोना संक्रमित उच्च रक्तचाप र क्यान्सरका रोगीमध्ये क्रमशः ६ प्रतिशत र ५.६ प्रतिशले ज्यान गुमाएका छन् ।

वैज्ञानिकले सार्वजनिक गरेको तथ्यअनुसार कोरोना संक्रमित स्वस्थ व्यक्तिमध्ये मात्रै ०.९ प्रतिशतले ज्यान गुमाएका छन् । वैज्ञानिकहरु स्वस्थ्य मानिसमा कोरोनाको संक्रमण देखिए सामान्य उपचारबाटै निको हुने बताउँछन् ।

८० प्रतिशत संक्रमित सामान्य समस्या हुन्छ

वैज्ञानिकहरुले कोरोनाबाट हुने अधिकांश अर्थात् ८० प्रतिशत मानिसमा सामान्य खालको बिरामीको अवस्था हुने बताएका छन् । वैज्ञानिकअनुसार कोरोना संक्रमितमध्ये १४ प्रतिशत केहि बिरामी खालको हुने र ५ प्रतिशत अति गम्भिर प्रकृतिको हुने गरेको छ । तथ्यअनुसार सबैभन्दा बढि खतरा गम्भीर प्रकारका बिरामी कोरोना संक्रमित हुनु हो ।

मर्ने संक्रमितको संख्यामा पुरुषको बढि

४४,६७२ संक्रमितमा अध्ययन गर्दा महिला र पुरुषको संक्रमित संख्या समान छ । जसमा ५१.४ प्रतिश पुरुष र ४८.६ प्रतिशत महिला छन् । तर मृतकमध्ये ६३.८ प्रतिशत पुरुष र ३६.२ प्रतिशत महिला भएको पाइएको छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies