काठमाडौं । दृश्य जनताको स्वास्थ्यसँग सिधा सरोकार राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको हो ।
कोरोनाको महामारी विश्वभर देखिएको र नेपालमा पनि त्यसको जोखिम बढ्दै गएको परिस्थितिमा सोमबार दिउसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलनमा स्वास्थ्य मन्त्रिसहित झण्डै ७० भन्दा बढिको उपस्थिति थियो ।
सम्मेलनमा स्वास्थ्य मन्त्रीसहित स्वास्थ्य मन्त्रीको टिम र कर्मचारी गरि झण्डै १५ जना जतिको उपस्थिति थियो भने ५० भन्दा बढि पत्रकारको उपस्थिति थियो ।
नेपालमा कोरोना संक्रमित भेटिएको भन्दै जानकारी गराउन आयोजित गरिएको पत्रकार सम्मेलनमा ठुलो भीड गराउनुबाट जिम्मेवार मन्त्रालयले नै स्वास्थ्य जस्तो कुरा संवेदनशील नभएको प्रष्ट हुन्छ । सरकारले २५ जनाभन्दा बढि उपस्थित हुन नपाउने भनि नियम बनाएको स्थितिमा सरकारकै स्वास्थ्य मन्त्रीबाट आयोजित कार्यक्रममा ठूलो भीड हुनु नियमको उल्लंघन पनि हो ।
माक्स लगाउन आग्रह गर्ने स्वास्थ्य मन्त्रीले नै लगाउँदैन् माक्स
कार्यक्रममा उपस्थित स्वास्थ्य मन्त्री भानुभक्त ढकालले माक्सको प्रयोग गरेका थिएनन् । उनि पत्रकारको भीडको बीचबाट आफ्नो आसनमा गएर बसे भने भीडकै बीचबाट बाहिर निस्किए । कार्यक्रममा उपस्थिति मन्त्री ढकालले मात्रै होइन उनका सहयोगी र मन्त्रालयका उच्च पदस्थ कर्मचारीले पनि मास्कको प्रयोग गरेका थिएनन् ।
कोरोना श्वासप्रश्वासको माध्यमबाट सर्ने कुरा प्रष्ट बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जिम्मेवारी व्यक्तिले नै माक्सको विषयमा ध्यान नदिनु गैह्र जिम्मेवार बाहेक केहि होइन् ।
पत्रकार सम्मेलन नभई विज्ञप्ती जारी गर्नुपर्दछ
पत्रकार सम्मेलनमा पत्रकारको उपस्थिति मिडिया हाउसको बाध्यकारी नियमका कारण हुन्छ । सूचना तथा समाचार जसरी पनि ल्याउनुपर्ने नियमका कारण नयाँ सूचना पाउन अनिवार्य आउनु स्वभाविक हो । तर मन्त्रालयले भने सूचना सबैलाई दिन मिल्ने गरि व्यवस्था नगर्नु गैह्र जिम्मेवार शैली बाहेक केही होइन् ।
मन्त्रालयले ठुलो जमघट नगराई सूचना विज्ञप्ती मार्फत नै दिन सकिन्थ्यो । यदि मन्त्रीबाट आफ्नो आवाज पठाउने चाहना भएपनि त्यो पनि भिडियो सन्देश जारी गरेर सकिन्थ्यो । सरकारी नियन्त्रित मिडियो मार्फत केहि आवाज सार्वजनिक गर्न सकिन्थ्यो । तर, स्वास्थ्य मन्त्रीले ती सबै कुरालाई वेवास्था गर्दै ठूलो जमघटसहित पत्रकार सम्मेलन गर्नु अर्को भद्दा जिम्मेवार विहिन शैली मात्र हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: