श्रीनगर । झण्डै आठ महिनाको नजरबन्दपछि कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लालाई मङ्गलबार रिहा गरिएको छ । उनलाई दुई सय ३२ दिनपछि रिहा गरिएको हो ।
भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरे लगत्तै गत अगस्टमा अब्दुल्लासहितका काश्मिर मुद्दाप्रति असन्तुष्ट सयौँ नेताहरुलाई नजरबन्दमा राखिएको थियो ।
सार्वजनिक सुरक्षा ऐन (पीएसए) अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लामाथि गत फेबु्रअरी ५ तारिखमा लगाइएको आरोप आधिकारिक रूपमा खारेज गरिएपछि उहाँलाई रिहा गरिएको हो ।
भारत सरकारले काश्मिरलाई दिइँदै आएको विशेष व्यवस्थालाई गत वर्षको अगस्ट ५ खारेज गर्दै केन्द्र सरकारको मातहतमा ल्याउने निर्णयसँगै स्थानीय नेताहरूलाई पक्राउ गरिएको थियो । यस निर्णयलाई भारतीय संसदले तत्कालै पारित गरीसकेको छ ।
रिहाइपछि प्रतिक्रिया दिँदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपबीच नागरिकहरूलाई ‘सरकारले दिएको सल्लाह अनुसार सामाजिक दूरी’ कायम गर्न अब्दुल्लाले आग्रह गरे ।
नेताहरूलाई नजरबन्द गरिएकोबारे उनले भने, “सबै नेताहरुलाई नजरबन्दबाट मुक्त गरिनुपर्छ र कश्मीरमा थ्री–जी र फोर–जीसहितका सेवाहरु यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनुपर्छ ।”
उनले भने, “हामी जीवन र मृत्युको लडाइँ लडिरहेका छौँ । पक्राउ गरिएका हाम्रा सबै साथीहरूलाई यस समयमा रिहा गरिनु पर्छ । कोरोनाभाइरसविरुद्ध लड्ने सरकारी आदेशको पालना गर्नैपर्छ ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: