Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

खुट्टा भाँचिएका बिरामीलाई ज्वरो देखिएपछि अस्पतालले निकाल्यो

बुटवल । रूपन्देही सैनामैनाका २१ वर्षीया अजय सहानी सात दिनदेखि मेडिटेक अस्पताल बुटवलमा उपचाररत थिए। ट्र्याक्टर दुर्घटनामा खुट्टा भाँचिएका उनमा मंगलबार बिहान एक्कासी ज्वरो आयो। उनको उपचार गरेका अर्थो डा‍। गोपाल ज्ञवालीले ज्वरो आएका बेला शल्यक्रिया गर्न आईसीयू चाहिने भन्दै भैरहवाको युनिभर्सल मेडिकल कलेज पठाए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बिरामी रिफर गर्नुअघि डा। ज्ञवालीले युनिभर्सलका डा। किशोरमान श्रेष्ठलाई अस्वथाबारे जानकारी दिएका थिए। डा। श्रेष्ठले बिरामी भर्ना गर्ने वचन दिए। सहानी मेडिकल कलेजको आकस्मिक कक्षमा पुगेपछि निकालियो। ज्वरो नाप्नेबित्तिकै चिकित्सकले गलहत्याएर निकालेको उनको उपचार गराइरहेका व्यवसायी केशव अधिकारीले बताए।

‘ज्वरो आएको थाहा पाउनासाथ चिकित्सकले कुरुवासहित बिरामीलाई नै धक्काएर बाहिर निकाले’, उनले भने, ‘स्ट्रेचरमा बस्न पनि दिएनन्।’ सहानी र उनका कुरुवा एक घण्टा अस्पताल परिसरमा बसे तर उपचार गरिएन। उनीहरू बुटवलको जेनस अस्पतालमा भर्ना भएका छन्।

नवलपरासीका एक युवाले हालै उपचारका लागि ६ वटा अस्पतालको फन्को मार्नुपरेको थियो। ज्वरो र खोकी लागेकै कारण उनी उपचारबाट वञ्चित भएका थिए। मुख्यमन्त्री कार्यालयको निर्देशनपछि लुम्बिनी अस्पतालले उपचार थालेको थियो। कोरोना आशंका गरिएका उनको रिपोर्ट नेगेटिभ आएको छ। उनलाई निमोनिया भएको रिपोर्टमा उल्लेख छ। उनको अवस्था सामान्य रहेको र २–४ दिनमा डिस्चार्ज गर्ने तयारी रहेको पृथ्वीचन्द्र अस्पताल परासीका डा। मोहम्मद नुरुल होदाले बताए।

सहानीको उपचारका लागि कपिलवस्तुका सांसद विष्णु पन्थीले पहल गरेका थिए। मेडिकल कलेजले उपचार गर्नै नमानेको आफन्तले बताएका छन्। मेडिकल कलेजका प्रशासकीय अधिकृत तेज केसीले यस विषयमा बोल्न चाहेनन्। सूचना अधिकारी सुशील गुरुङले फोन उठाएनन्।

सामान्य ज्वरो आउँदैमा कोरोना संक्रमण नहुने भनिए पनि चिकित्सक नै बिरामीको उपचारमा आनाकानी गरेका छन्। उपचार रोकिएको भन्दै सर्वसाधारण निराश छन्। निजी अस्पतालमा यो समस्या अझै हटेको छैन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE