काठमाडौं । कोरोना भाइरसको महामारी फैलिरहेको बेला एनसेलले नयाँ अफर सार्वजनिक गरेको छ । यस्तो बेलामा सञ्चार सुविधालाई सहज बनाउन भन्दै एनसेलले नयाँ अफरहरु सार्वजनिक गरेको हो ।
ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ ।
ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ ।
प्रिपेड ग्राहकले रु १० देखि रु ५०० सम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् । एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।
त्यस्तै एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म सापटी लिन सक्नेछन् ।
आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी मात्र रु २ सेवा शुल्कमा सापटी लिन सक्नेछन् ।
त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।
जस्तै यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्त गर्नेछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्त गर्नेछन् । बोनस रकम सोहि दिनको मध्य राती सम्म मान्य हुनेछ ।
यति मात्र हैन, यस विपद्को घडीमा कार्यलयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको छ । ग्राहकले कर बाहेक मात्र रु २३० (कर सहित २९३.६९)मा यो प्याक सुचारु गर्न सक्नेछन् ।
यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा ९टुजी, थ्रिजी र फोरजी० मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ । यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गनपर्ने हुन्छ ।
ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी स्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याक अन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुल्क लाग्नेछ । एनसेलको यो योजना अन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहनेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: