भक्तपुर । चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पुर्याएको हो ।
अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए । सरकारले गत चैत ८ गते दुबई, कतारलगायत विभिन्न देश हुँदै थाई एयरवेजबाट फर्किएका ४९ र एयर इन्डियाबाट आएका १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइन पुर्याइएको थियो । त्यसपछि १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई खरिपाटी क्वारेन्टाइन ल्याइएको थियो ।
त्यहाँ नियमित ज्वरो जाँच भइरहेको छ । दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जनाको टोली सेवामा खटिएका छन् । कोरोना सङ्क्रमणको आशङ्का देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा छ ।
सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यस बीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लगिने जनाइएको छ ।
आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्ने छन् । प्राधिकरणको क्यारेन्टाइनबाट खाना प्याकिङ गरी उनीहरुलाई पठाउने गरिएको छ भने क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।
त्यसैगरी सरकारले नगरकोटका होटललाई कम्तीमा ५०० जना क्षमताको क्वारेन्टाइन बनाउने तयारी गरेको छ । आवश्यकता पर्दा यसलाई थप गर्दै लैजाने भएको छ भने चाँगुनारायणको दुवाकोटस्थित काठमाडौ मेडिकल कलेजको होस्टेल भवनलाई भेन्टिलेटरसहितको आइसियु रहेको कम्तीमा ४० श्ययाको आइसोलेसन वार्ड तयार पार्ने भएको छ । यसका लागि अनुगमन गरेर आवश्यक तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: