काठमाडौ । सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम भएको छैन । ‘लकडाउन’का कारण यातायातको असुविधा भए पनि एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेकाले अहिले पनि दैनिक झन्डै सय महिलाले सन्तानलाई जन्म दिएका छन् । बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामी नियमित जति नै भएको अस्पतालका निर्देशक डा जगेश्वर गौतमले बताए। अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उनले बताए ।
कुरुवा र बिरामीलाई अस्पताल हाताभित्र छिर्दा साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ । कुरुवालाई भीड नगर्न भनिएको र एक बिरामीलाई एक कुरुवा बस्न भनिएको छ । अस्पतालले पहिले एउटै सेवा दिने गरेकामा अहिले तीन छुट्टाछुट्टै स्टेशनको व्यवस्था गरेको छ । पहिलोमा सामान्य, दोस्रोमा रुघा खोकी र तेस्रो वार्डमा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ । प्रसूति सेवा लिन आएका महिलालाई सङ्क्रमण भए पनि प्रसूति सेवा लिनका लागि अरु बिरामीभन्दा टाढा तीन श्ययाको स्टेशन बनाइएको छ । उनले भने, “कोभिड–१९ का सङ्क्रमित महिला आउँदा पनि उबाट अरुमा सर्न नपाओस् भनी छुट्टै श्ययाको व्यवस्था गरिएको हो ।”
जुनसुकै गर्भवती सङ्क्रमित पाइएमा पहिले टेकु नै पठाइने निर्देशक डा गौतमले बताए। नौ महिनाको र सुत्केरी हुने अवस्थामा पुगेका महिलालाई भने यहीँ छुट्टै श्ययामा राखेर प्रसूति सेवा दिइनेछ । उनले भने, “आठ महिनासम्मका महिलामा सङ्क्रमण देखिएमा समस्या गर्भभन्दा पनि रोग भएकाले त्यसको पहिले उपचारका लागि पठाइनेछ ।”अस्पतालमा कुनै पनि समयमा कोभिड–१९ सङ्क्रमित आउन सक्ने भएकाले आवश्यक तयारी गरिएको अस्पतालका निर्देशक गौतमले बताए । हालसम्म तीन श्ययाको मात्रै व्यवस्थापन गरिए पनि आवश्यकतानुसार आगामी दिनमा थप गर्न सकिने अस्पतालले जनाएको छ ।
थापाथलीमा ‘आइसोलेसन’ मा राख्न पर्याप्त स्थान नभएकाले अस्पतालको कुपण्डोलस्थित नयाँ भवनमा व्यवस्था मिलाइने उनले बताए। त्यसका लागि आवश्यक स्थानसँगै जनशक्ति र स्रोत व्यवस्थापनको तयारी भइरहेको छ । उनले भने, “आवश्यक भएमा नयाँ भवनमा एक सय५० जनासम्म व्यवस्थापन गर्न सकिनेछ ।”यो रोग विश्वमा नै नयाँ भएकाले गर्भवती महिलामा कत्तिको चाँडो असर गर्छ भनी अध्ययन भइसकेको छैन । तैपनि ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई जस्तै गर्भवतीलाई असर गर्ने सम्भावना रहेको बताएको छ । उनले भने, “नयाँ रोग भएकाले बच्चा र आमामा पार्ने रोगको विस्तृत अध्ययन भने हुन सकेको छैन ।”‘लकडाउन’ शुरु भएको दिनदेखि नै नियमित जाँच रोकेर अरु सेवा दिइएको अस्पताल प्रशासनले जनाएको छ । नियमित जाँचका लागि आउने गर्भवती महिलालाई पहिले खाँदै आएको औषधि नियमित खाएर अप्ठ्यारो पर्दा मात्रै आउन भनिएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताए ।
आकस्मिक कक्षमा बिरामीलाई आवश्यक सेवा दिइरहेको र भर्ना लिनुपर्ने बिरामीलाई लिने गरिएको उनले बताए। उनले भने, “गर्भवती महिलालाई एकातिर सवारी साधन नहुँदा आउन कठिन र अर्कातिर सङ्क्रमण हुने खतरा भएकाले अप्ठ्यारो नहुँदासम्म नआउनु भनिएको हो । ”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: