साउदी अरेबिया । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्ध युद्धस्तरमा लड्न आग्रह गरेका छन् ।
विश्वका प्रमुख २० वटा औद्योगिक राष्ट्रहरुको समूह जी–२० को शिखर बैठकलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसका कारण सिर्जित स्वास्थ्य एवं आर्थिक समस्यासँग जुध्न बहुपक्षीय सहयोग आवश्यक रहेकामा जोड दिए।
राष्ट्रपति सीले भने, “अन्तर्राष्ट्रिय समुदायले आफ्नो आत्मविश्वासलाई अझ सुदृढ गर्नु आवश्यक छ, एकताबद्ध भएर कार्य गर्नु पर्दछ र मिलेर नै समस्या सुल्झाउनु पर्दछ ।” प्रमुख संक्रामक रोगहरु सबैका साझा शत्रु हुन् भन्दै राष्ट्रपति सीले कोविड–१९ जस्ता महामारीलाई विश्वले नै परास्त गरी मानवजातिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भने ।
विश्वभर ठूलो संख्यामा मानिसहरु कोविड–१९ को महामारीका कारण संक्रमित भएका र मृतकको संख्या बढ्दै गएको अवस्थामा जी–२० को शिखर बैठक हो । यसपटकको बैठकलाई लाइभस्ट्रिमिङ मार्फत् संचालन गरिएको थियो ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण विश्वभर पाँच लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भन् २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
राष्ट्रपति सीले सूचना आदानप्रदान गर्न, औषधि, खोप र महामारी नियन्त्रण सम्बन्धी पारस्परिक सहयोगलाई थप सुदृढ गर्न तथा संक्रमण रोक्न अन्तरदेशीय सीमा बन्द गर्न तत्कालै स्वास्थ्य मन्त्रीहरुको बैठक आयोजना गर्नु पर्नेमा जोड दिए ।
जी–२० को यस पटकको बैठकको अध्यक्षता साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गर्नु भएको थियो । यसवर्ष जी–२० को अध्यक्षता साउदी अरेबियाले गरेको छ ।
शिखर बैठकमा सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस अधानोम घेब्रेससले विश्वभर चुनौतीको रुपमा देखिएको कोरोनाभाइरसलाई नियन्त्रणमा ल्याउने उपायको खोजीमा आफ्नो संस्थाले प्रयास जारी रहेको बताए।
उनले विश्वका सबैजसो मुलुकले भाइरसको प्रसार रोक्न अभूतपूर्व प्रयास गरेकामा आभार व्यक्त गरे ।
शिखर बैठकको अध्यक्षता गरेको साउदी अरेबियाका राजा सल्मानले भाइरस नियन्त्रणको खोप निर्माणका लागि अनुसन्धान र समन्वय गर्न विश्वका प्रविधिमा दक्ष मुलुकहरु समक्ष आग्रह गरे।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले महामारी नियन्त्रणमा वैज्ञानिक खोज सम्बन्धी गठबन्धनलाई बेलायतका तर्फबाट थप रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै उनले कोरोनाभाइरसको खोप निर्माणका लागि बेलायत सरकारले ३ करोड २ लाख डलर प्रदान गर्ने घोषणा गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “हामीले समस्याका बारेमा छलफल गरेका छौं । आशा छ, यो समस्या लामो अवधिसम्म रहने छैन । संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि मित्रहरु र साझेदारहरुसँग मिलेर कार्य गरिरहेको छ ।”
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री शिन्जो आबे र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो समेतका नेताहरुले कोरोनाभाइरसको त्रासदीबाट आमजनतालाई बचाउन हालसम्म गरिएका प्रयासका बारेमा चर्चा गर्दै विश्व अर्थतन्त्र र जनस्वास्थ्यलाई ठीक ठाउँमा ल्याउन थप साझा प्रयास आवश्यक छ भन्नेमा जोड दिएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: