Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोना भाइरसको जोखिम महिला भन्दा पुरुषमा बढी !

काठमाडौं । चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले समग्र विश्वभर फैलिएको छ । यो भाइरसका कारण अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

सबैभन्दा पहिले कोरोना देखिएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने महिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।लप्रतिवेदनअनुसार कोरोना भाइरसको जोखिम महिलाको तुलनामा पुरुषलाई निकै बढी हुने गर्छ । भाइरसको संक्रमण सबैभन्दा बढी पुरुषमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि महिलाको तुलनामा पुरुष नै धेरै छन् ।

वैज्ञानिकहरुले इटाली, चीन, फ्रान्स, जर्मनी, इरान र दक्षिण कोरियाका ८८ हजार संक्रमितमा अध्ययन गरेको थियो, जसमध्ये २ दशमलव ८ प्रतिशत पुरुष र १ दशमलव ७ प्रतिशत महिलाको ज्यान गएको थियो । बालबालिकामा भने मृत्युदर शून्य दशमलव २ प्रतिशत थियो । इटालीको नेशनल हेल्थ इन्स्टिच्युटकाअनुसार मुलुकमा समग्र संक्रमितमध्ये ६० प्रतिशत संक्रमित पुरुष छन् । संख्याको हिसाबमा मृत्यु हुनेमध्ये ७० प्रतिशतभन्दा बढी पुरुष छन् ।

दक्षिण कोरियामा पनि अवस्था भिन्न छैन । त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये ५४ प्रतिशत पुरुष छन् । चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ६८ प्रतिशत पुरुष छन् । इरानमा पनि संक्रमित बिरामीमा ६४ प्रतिशत पुरुष छन् ।

महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी – विशेषज्ञ

अमेरिकास्थित ह्वाइट हाउसको कोरोना भाइरस ‘रेस्पोन्स कोर्डिनेटर डाक्टर डेब्रोह ब्रिक्स यो भाइरसको संक्रमणको असर सबै लिंग र उमेर समूहका मानिसमा हुने बताउँछन् । तर, जुन मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

उनीहरुलाई बढी असर गर्ने गरेको देखिन्छ । महिला तथा बालबालिकाको तुलनामा पुरुष बढी धुम्रपान र मदिरा सेवन गर्ने भएकोले पनि यस्तो भएको हुन सक्ने उनी बताउँछन् । त्यही कारण उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी आउँछ ।

चीनको रोग नियन्त्रण केन्द्रका निर्देशक जर्ज एफ गाओले ५२ प्रतिशत पुरुष र केवल १२ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको उल्लेख गरे । धुम्रपानले फोक्सोमा असर पार्छ ।

यूनिभर्सिटी अफ इस्ट एंगलियाका प्राध्यापक पाउल हन्टर भने महिलामा आन्तरिक हिसाबमा पुरुषभन्दा फरक किसिमको प्रतिरक्षा प्रणाली हुने बताउँछन् । महिलामा अटो–इम्युन डिजिज (प्रतिरक्षा तन्त्र अति सक्रिय हुनाले देखिने रोग)को जोखिम बढी हुन्छ ।

वृद्ध मानिसलाई धेरै खतरा

चिनियाँ प्रतिवेदनअनुसार कोरोना भाइरसको सबैभन्दा धेरै खतरा वृद्ध मानिसमा देखिएको छ । विशेषगरी पहिलै मुटुको रोग र अत्यधिक रक्तचाप भएका मानिसमा यसको असर बढी हुने गरेको छ ।

फेब्रुअरीको मध्यसम्म देखिएका ४४ हजार ७०० संक्रमितमा ८० प्रतिशतभन्दा बढी ६० वर्ष कटेका मानिसहरु थिए । आधा मानिसको उमेर ७० वर्ष कटेको थियो । ८० वर्ष नाघेका १५ प्रतिशत बिरामीको कोरोना भाइरसको कारण ज्यान गएको थियो ।

इटालीमा ७० लाख मानिस धुम्रपान गर्छन्

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रकाअनुसार चीनमा करिब ३६ करोड मानिस धुम्रपान गर्छन् । ५० प्रतिशतभन्दा बढी पुरुष कुनै न कुनै कुलतमा फसेका छन् । जबकी केवल तीन प्रतिशत महिला मात्र त्यस्तो कुलतमा फसेका छन् ।

इटालीको नेशनल हेल्थ इन्स्टिच्युटकाअनुसार इटालीमा करिब ७० लाख पुरुष धुम्रपान गर्छन् भने महिलाको संख्या करिब ४० लाख छ । इन्स्टिच्युटकाअनुसार अस्पतालमा भर्ना भएका संक्रमितमध्ये एकतिहाईले धुम्रपान गर्छन् र उनीहरुको अवस्था अपेक्षा गरिएभन्दा गम्भीर छ । उनीहरुको उपचारमा धेरै भेन्टिलेटरको आवश्यकता पर्छ । एजेन्सीको सहयोगमा

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies