बाजुरा । बाजुरामा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा १६ वर्षीय किशोरलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
एक साता अगाडि भारतबाट आएका जिल्लाको गौमुल गाउँपालिकाका एक किशोरलाई ज्वरो नरोकिएपछि मंगलबार जिल्ला स्वास्थ्य बाजुराको आइसोलेसन वार्डमा भर्ना गरिएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवका अनुसार ति विरामी किशोरमा खोकी लाग्ने, छाती दुख्ने र ज्वरो देखिने समस्या आएको छ ।
थप उपचार र परीक्षणपछि मात्र उनलाई के भएको भन्ने बारेमा बताउन सकिने सूचना अधिकारी यादवले बताए ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्कर्माका अनुसार उनको बुधबार नमूना संकलन गर्ने तयारी भइरहेको छ । विरामी किशाेरकाे स्वाब जाँचका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पठाउने तयारी भइरहेको डा. विश्वकर्माले बताए ।
यस्तै, सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिकाको मालिका नमूना मा.बिमा स्थापना गरेकोे क्वारेन्टाइनमा ३५ जनालाई राखिएको छ ।
ती सबै भारत, काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी लगायबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका सबैको खानबस्नको व्यवस्था बडिमालिका नगरपालिकाले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाका अनुसार ‘लकडाउन’ पछि भारतबाट बाजुरा आउनेको संख्या ४१ पुगेको छ ।
बाजुरामा कोरोना संक्रमण पुष्टि भएका विरामीको उपचारका लागि विभिन्न तीन स्थानमा आइसोलेसन कक्ष स्थापना गरिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. विश्वकर्माका अनुसार जिल्ला स्वास्थ्य, जिल्ला समन्वय समितिको हल र कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र गरी तीन स्थानमा कोरोना संक्रमितको उपचारका लागि १४ बेडको आइसोलेसन कक्ष बनाइएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: