Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लकडाउनमा खुल्ला रहेका तरकारी पसल आजदेखि बन्द गर्ने

दमौली । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला रहेका तनहुँको सदरमुकाम दमौलीस्थित तरकारी पसल आजदेखि बन्द गरिने भएको छ । व्यास नगरपालिका–३ मा रहेका तरकारी पसलमा लकडाउनको क्रममा लापरवाही भएकाले लकडाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय भएको हो ।

व्यास नगरपालिका–३ को आज बसेको बैठकले सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएको हुँदा लकडाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपभोक्तालाई तरकारी उपलब्ध गराउन जिल्लाभित्रको उत्पादन ट्रकमा राखेर टोल टोलमा र घरघरमा आपूर्ति गरिनेछ । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खुल्ला गर्ने निर्णय बमोजिम तरकारी पसल उक्त समयमा खुल्ला रहँदै आएको थियो । व्यास नगरपालिका–३ स्थित शवदाहघाटमा मलामी जाँदा सङ्ख्या कम र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । साथै वडाभित्र हालसालै विदेशबाट आई घरमा बस्नुभएका व्यक्तिहरुको स्वास्थ्य जाँच र रेखदेखका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने निर्णय गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। वडा कार्यालयले दैनिक ज्यालामजदुरी गरी छाक टार्ने व्यक्तिहरुलाई खाद्यान्न वितरण गर्नका लागि टोल विकास संस्थामार्फत् विवरण सङ्कलन शुरु गरेको छ ।

क्वारेन्टाइनमा दुई जना मात्र
चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ६ सय ८७ जना पुगेको छ । जिल्लाका स्थानीय तहले सङ्कलन गरेको विवरण अनुसार यसअवधिमा ६ सय २६ पुरुष र ६१ जना महिला विदेशबाट फर्किएका छन् ।

तीमध्ये दुई जना मात्रै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा चैत ६ गते दुवईबाट आएका एक महिला र एक पुरुषलाई राखिएको छ । उनीहरुमा हालसम्म कुनै पनि लक्षण नदेखिएपनि स्वेच्छाले नै क्वारेन्टाइनमा बसेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । “विदेशबाट फर्किएकाहरुलाई घर घरमा पुगेर भेट्ने क्रममा विद्यालयमा सुरक्षित रुपमा क्वारेन्टाइन बनाइएकाले त्यहाँ गएर बसिदिन आग्रह गरेका थियौ,” उनले भने, “हाम्रो आग्रह स्वीकार गरेर उनीहरु बस्न थालेका छन् ।” वडाभित्र विदेशबाट फर्किन उनीहरु सहित सात जना छन् । बाँकी भने घरमै बसिरहेको र उनीहरुको पनि निगरानी गरिएको उनले । विद्यालयमा १३ श्ययाको क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइनमा वाइफाईको व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मी पनि खटाइएको छ ।

दुई जना बाहेक अन्य सबैजना भने घरमै बसिरहेका छन् । विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा नै सुरक्षित रुपमा बसेको नोभल कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका दश वटै स्थानीय तहले विदेशबाट फर्किने व्यक्तिहरुको विवरण सङ्कलन गरिरहेको छ ।

भानु नगरपालिकामा ६२, व्यास नगरपालिकामा १ सय ५३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १२, म्याग्दे गाउँपालिकामा ३१, ऋषिङ गाउँपालिकामा ८३, देवघाट गाउँपालिकामा २९, घिरिङ गाउँपालिकामा ६२, बन्दीपुर गाउँपालिकामा १५ र आँबुखैरेनी गाउँपालिकामा २० जना विदेशबाट फर्किका छन् । “मङ्गलबार बेलुकासम्म प्राप्त विवरण अनुसार यी व्यक्तिहरु घरमै बसिरहेका छन्,” उनले भने, “थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।”

जिल्लाका १६ स्थानमा क्वारेन्टाइन बनाइएको छ । उक्त क्वारेन्टाइनमा १ सय २७ जनाको क्षमता रहेको छ । अधिकारीका अनुसार व्यास नगरपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा १, भीमाद नगरपालिकामा १, म्याग्दे गाउँपालिकामा १, ऋषिङ गाउँपालिकामा २, देवघाट गाउँपालिकामा १, बन्दीपुर गाउँपालिकामा ६, आँबुखैरेनी गाउँपालिकामा २ क्वारेन्टाइन बनाइएको छ ।

जिल्लाका विभिन्न अस्पतालमा ४६ शैय्याको आइसोलेसन कक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ शैय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । जिल्लामा भारत, दुवई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलिया लगायतबाट घर फर्किने धेरै रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विदेशबाट फर्किनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई अनुरोध गरिएको जानकारी दिए।

२१ एम्बुलेन्स तयारी अवस्थामा

कोभिड–१९ का शङ्कास्पद बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान जिल्लाका सबै स्थानीय तहमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । दश वटै स्थानीय तहमा २१ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

भानु नगरपालिकामा दुई, व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा एक, शुक्लागण्डकी नगरपालिकामा चार, भीमाद नगरपालिकामा दुई, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा एक, आँबुखैरेनी गाउँपालिकामा तीन एम्बुलेन्स रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies