Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

टिकटकर तुलसाविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा, भ्रामक सूचना नफैलाई अनुसन्धानमा आउन प्रहरीको अनुरोध

खबरडबली संवाददाता

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले सूचना जारी गर्दै अनुसन्धान जारी रहेकाले सम्बन्धित व्यक्तिलाई उपस्थित भई सहयोग गर्न आग्रह गरेका छन्।

अनुसन्धानमा परेपछि अधिकारीले चीनबाट सामाजिक सञ्जाल टिकटकमार्फत प्रहरीको आलोचना गरेकी छन्। उनले नेपालमा रहँदा आफूलाई छलफलका लागि नबोलाइएको तर चीन पुगेपछि मात्र पक्राउ पुर्जी जारी गरिएको दाबी गरेकी छन्।

“म भदौ १९ गतेसम्म नेपालमै थिएँ। मलाई कुनै खोजखबर गरिएन। चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ। मेरा मान्छेहरू प्रहरीले बुझ्न जाँदा जाहेरी देखाइएन,” उनले भनेकी छन्।

यस सम्बन्धमा कुमार चिमोरियाले २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिएका छन्।

अनुसन्धानका क्रममा अधिकारी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत जोडिएकी छन्। २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागसँग समन्वय गरी उक्त कसुरमा पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुईवटा मुद्दामा अनुसन्धान भइरहेका बेला अनुसन्धानलाई प्रभावित पार्ने किसिमका फोटो, भिडियो तथा सूचना सम्प्रेषण नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधि पुन: अनुसन्धानको विषय बन्न सक्ने प्रहरीको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो...

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ - ट्रम्प

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएको छन् ...

ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र कान्छो छोरा अस्पतालमा

धनगढी । कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाएर एउटै परिवारका दुई बालकको मृत्यु भएको छ। ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending