Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कोरोना सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि...

काठमाडौं । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए ।

साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्यकर्मी घरमै क्वारेन्टाइनमा बस्दै आएकी ती वृद्धालाई अस्पताल ल्याउने तयारीमा जुट्यो । जिल्ला विपद् व्यवस्थापन समितिको चैत १६ गते भएको निर्णयानुसार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्स कोरोनाका भाइरसका विरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको थियो ।

कोरोना सङ्क्रमित ती वृद्धाको घर बागलुङ बजार नजिकै भएका कारण अस्पताल ल्याउनमा कुनै समस्या थिएन । तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सलाई धौलागिरी अञ्चल अस्पतालमा बोलाइयो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौं र धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र बि। पोख्रेलको नेतृत्वले कोरोना भाइरसबाट सङ्क्रमित विरामी ल्याउन जानुपर्ने बताएपछि एम्बुलेन्स चालकले रेडक्रसले नियुक्ति पत्र नदिएको भन्दै आनाकानी गर्न थाले ।

अस्पताल तथा स्वास्थ्य कार्यालयले यस्तो सङ्कटको घडीमा सुरक्षा सामग्री लगाएर सङ्क्रमित विरामी अस्पताल ल्याउनुपर्ने भनेपनि चालकले आलटाल गर्दै एम्बुलेन्स छोडेर भागेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । “हामीले तयारी अवस्थामा राखेको एम्बुलेन्स चालकलाई सुरक्षित तरिकाले सङ्क्रमित ल्याउन आग्रह ग¥यौं”, उनले भने, “हामीले अन्य तयारी गरिरहेको समयमा चालकले एम्बुलेन्स छोडेर फरार भयो ।”

एम्बुलेन्स छोडेर चालक भागेपछि स्वास्थ्य कार्यालयको चालक र प्रमुख गुरौंले सोही एम्बुलेन्समा राखेर सङ्क्रमित ती वृद्धालाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। पोखरेलले जानकारी दिए । चालकको गैरजिम्मेवारीपनका कारण विरामीलाई अस्पताल ल्याउन दुई घण्टा ढिलो समेत भएको थियो । प्रमुख गुरौंका अनुसार एम्बुलेन्स चालकलाई सुरक्षित राख्नका लागि एम्बुलेन्सलाई दुई भागमा विभाजन गरेको र पिपीइ लगाएर मात्र विरामी ल्याउन आग्रह गर्दा पनि एम्बुलेन्स अस्पतालमै छोडेर चालक भागेका थिए ।

एम्बुलेन्स चालकले असुरक्षा तथा नियुक्तिपत्र नभएको भन्दै भागेपछि पिपीइ लगाएर सङ्क्रमित विरामी बोक्न कुनै समस्या नहुने भन्ने सन्देश दिनका लागि आफू र आफ्नो चालक विरामी लिन सङ्क्रमितको घरमै पुगेको गुरौंको भनाइ छ । चालकले पिपीइ लगाएर सङ्क्रमित विरामी बोक्न कुनै समस्या नहुने डा। पोखरेलको भनाइ छ । “अस्पतालमा निकै कम जनशक्तिमा पनि रातदिन उपचारमा खटिएका छौं”, उनले भने “सुरक्षा सामग्री लगाएर विरामी बोक्दा चालकलाई केही हुँदैन ।”

धौलागिरी अञ्चल अस्पतालमा ती वृद्धासहित कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । एम्बुलेन्स चालक बिरामी भएका कारण अर्को चालकलाई अस्थायी रुपमा काममा लगाइएकाले विरामी बोक्न अस्वीकार गरेको हुन सक्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले जानकारी दिए । लामिछानेले आफूले चालकलाई सुरक्षा सामग्री तथा तालीमको व्यवस्था गर्न आग्रह गरेपनि सम्बन्धित निकायले वेवास्ता गरेको आरोप लगाए ।

सङ्कटको घडीमा चालकले सुरक्षा सामग्रीसहित एम्बुलेन्स सञ्चालन नगरी भाग्दा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स थन्किने अवस्थामा पुगेको छ । तयारी अवस्थाको एम्बुलेन्स थन्किदा अन्य कोरोना भाइरसका सङ्क्रमित फेला परेमा अस्पताल ल्याउन झनै समस्या हुने बताइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE