Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

आजदेखि कैलालीसँग सीमा जोडिएका सबै झोलुङ्गे पुल बन्द

सुर्खेत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो ।

सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका झोलुङ्गे पुल, भेरी पुल र कर्णाली नदीमा डुङ्गा सञ्चालनमा रोक लगाएको जानकारी दिए । उनका अनुसार कैलाली जोड्ने कर्णाली नदीका कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोलापाखा झोलुङ्गे पुल सञ्चालनमा समेत रोक लगाइएको छ ।

जामु कुइने कैलाली जोड्ने यहाँको मुख्य नाका हो । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र कैलाली जिल्लासँग सीमा जोडिएको यस गाउँपालिकाले कैलालीमा सङ्क्रमण भेटिएपछि उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाले पुलका साथै फेरी, डुङ्गा सञ्चालनमा पूर्णरुपमा रोक लगाएको छ ।

त्यस्तै, अछाम जोड्ने कोलीभरा, मालुमेला, टटाली र डोटी जोड्ने पुक्रे बलाता, तालागाउँ काटई झोलुङ्गे पुल पनि पूर्णरुपमा बन्द गरिएका छन् । “फेरी, डुङ्गा बन्द गराउने, नदीमा पौडी खेली वा अन्य तरिकाबाट गाउँपालिका प्रवेश गर्न नदिने, वडास्तरमा पुल बन्द गराउने, आवतजावत निषेध गराउने कार्यमा सहयोग गर्न सम्बन्धित वडाध्यक्षले स्वयंसेवक टोली परिचालन गर्नेछन्”, अध्यक्ष शाहीले भने, “यसका लागि प्रतिवडा कम्तीमा १० जनाको स्वयंसेवक टोली खटाउन आवश्यक निर्देशन दिएका छौंँ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending