काठमाडौ । काठमाडौँ महानगरपालिकाले कोभिडको सङ्क्रमण नियन्त्रणको लागि विभिन्न अस्पतालमा कीटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिएको छ । विश्वभरि फैलिएको महामारी नियन्त्रणको लागि कामपाले यही चैत १३ गतेदेखि उक्त औषधि प्रयोग गर्न थालेको हो ।
हालसम्म पनि उक्त कार्य निरन्तर चलिरहेको छ । यसअघि ३२ वटै वडामा औषधि छर्किसकेको कामपाले अहिले वीर, त्रिवि शिक्षण अस्पताललगायत कामपाका सबै अस्पतालमा केन्द्रित भएको छ । कामपाले हालसम्म ११ लाख लिटर औषधि प्रयोग गरिसकेको कामपाले जानकारी गराएको छ ।
कामपाका प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार अहिले १३ वटा ट्याङ्करमार्फत कीटनाशक ओषधि छर्किने काम भइरहेको छ । प्रयोगमा रहेकामध्ये ११ वटा काठमाडौँ उपत्यकामा र बाँकी तीन फोहर विर्सजन स्थन नुवाकोटको सिसडोलमा छर्किनका लागि दैनिकरुपमा प्रयोग भइरहेको प्रमुख ढकालले जानकारी दिए ।
कामपाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलगायतमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको हो । यस क्रममा बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । यी स्थानमा कामपाले पुनः औषधि प्रयोग गर्ने भएको छ ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म छर्कने कामलाई शहरभरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको बताइएको छ । कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ । मानिसको भीडभाड बढी हुने स्थान भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन (कीटनाशक) औषधि छर्कने कामको शुरुआत भएको थियो ।
कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्दै लगेको हो । लकडाउनको दोस्रो दिन नै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरे । यससँगै कामपाले ब्रुमरबाट सडक सफा गर्ने काम पनि निरन्तर रूपमा गरिरहेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: