काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले काँग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष÷संयोजकसँग विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।
छब्बीस देशका जनसम्पर्क समितिका अध्यक्ष÷संयोजकले भाग लिनुभएको उक्त छलफलमा विश्वभर रहेका नेपालीमा कोभिड –१९ बाट सिर्जित विभिन्न समस्या र तीनका समाधानका बारेमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ । संयोजक भट्टराईले विदेशमा रहेका नेपालीको समस्याका सम्बन्धमा काँग्रेस गम्भीर र संवेदनशील रहेको बताउँदै विदेशमा रहेका नेपालीलाई सचेत गराउँदै जनसम्पर्क समितिले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका थिए । उनले वर्तमान जटिल परिस्थितिमा जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई एकताबद्ध भएर काम गर्नसमेत आग्रह गरेका थिए ।
जनसम्पर्क समितिका अध्यक्षहरुले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराउनाका साथै छलफल अत्यन्त महत्वपूर्ण भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । भिडियो कन्फ्रेन्समा आनन्द विष्ट (अमेरिका), पदमसुन्दर गुरुङ (बहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ (मकाउ), कृष्ण गिरी (अस्ट्रेलिया), बुद्धिप्रकाश ओली (क्यानाडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क), भुवानीप्रसाद तिमिल्सिना (युएई), आस्थाविन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्विट्जरल्याण्ड), शङ्कर न्यौपाने (कतार), शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाईं (ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पङ्गेनी (मलेसिया), राजेन्द्र विरही (कुबेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ (नेदरल्याण्ड), रोशन केसी (जापान)लगायत नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं संयोजक सहभागी थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: