मनाङ । कोभिड–१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ ।
स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्किनुभएका एकजना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।
यही चैत ९ गते घर फर्किएका भारत बोर्लाङमा अध्ययनरत विद्याथी क्वारेन्टाइनमा रहेका मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङले जानकारी दिए । ती विद्यार्थीलाई हाल क्वारेन्टाइनमा राखिएको र थ्रोट स्वाब परीक्षणका लागि गण्डकी प्रदेशस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।
मनाङमा यसभन्दाअघि चारजनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । “दुबई, कतार, साउदी अरेवियाबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउँदा सामान्य रहे पश्चात् घर फर्किसक्नुभएको छ”, उनले भने । जिल्लामा रहनुभएका विदेशी नागरिकको स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको उनले जानकारी दिए ।
“अहिलेसम्म पनि औषधि र उपकरण आइपुगेको छैन, तर मनाङ ङिस्याङवासीका लागि स्वास्थ्यप्रति सचेत हुँदै स्वास्थ्यकर्मीहरु औषधि र उपकरणबिना नै भए पनि खटिएका छन्”, गाउँपालिका अध्यक्ष लोकन्द्रबहादुर घलेले भन्छन्, “औषधि र उपकरण चाँडै आइपुगे ढुक्क हुने थियो ।” जिल्लामा विदेशबाट आउने नागरिकको सङ्ख्या भने कम रहेको छ भने विदेशी पर्यटकसमेत रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: