कैलाली । आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए, हामी नेपालमा मजदुरी गरेर खाने भारतीय मानिसलाई यहाँको सरकारले हेर्यो, सरकारलाई धेरै–धेरै धन्यवाद ।
उनीजस्तै भारतको लखीमपुर घर भएका घोडाघोडी नगरपालिका–१ सुखडमा डेरा गरी बस्दै आएका गाउँगाउँमा गएर कपडा बेचेर गुजारा चलाउँदै आएका अजीज गुप्ताको परिवार पनि शनिबार राति पाउरोटी खाएर सुतेको थियो । उनीहरूलाई चिन्ता थियो आइतबारदेखि के खाने भनेर । जब बिहान भयो उनले सुने वडा कार्यालयले भारतीय मजदुरलाई खाद्यान्न दिँदैछ भनेर ।
उनीमा खुशीको सीमा रहेन, उनी बिहानै वडा कार्यालयले खाद्यान्न वितरण गर्ने ठाउँमा आए र खाद्यान्न लिएर फर्कँदै गर्दा उनले पनि नेपाल सरकार र वडा कार्यालयलाई अन्नदाता भएर आएको भनी धन्यवाद दिए ।
आइतबार घोडाघोडी नगरपालिका–१ वडा कार्यालयले विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण नेपालमा रहेका दैनिक ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेका भारतीय मजदुरलाई कार्यालयले खाद्यान्न वितरण गरेपछि यहाँ रहेका भारतीय मजदुरहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिका–१ मा रही मजदुरी गरिखाने कोही पनि भोकै नबसुन् भन्ने उद्देश्यले भारतीय नागरिकलाई खाद्यान्न वितरण गरिएको वडाध्यक्ष मनराज शाहीले जानकारी दिए । “हामीले यसअघि वडाका २०० भन्दा बढी अतिविपन्न परिवारलाई राहत खाद्यान्न वितरण गर्यौँ र अहिले उनीहरुलाई वितरण गर्यौँ”, वडाध्यक्ष शाहीले भने ।
नेपाल–भारत सिमानामा कैयौँ नेपाली अलपत्रमा छन् । उनीहरुको व्यवस्थापन त्यहाँ भइरहेको हामीले सुनेका छौँ, त्यस्तै यहाँ रहेका भारतीय दाजुभाइको व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने लागेर आफूहरूले वडा कार्यालयमार्फत खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष शाहीले बताए । वडा कार्यालयले आइतबार मजदुरी गरी खाने २५ भारतीय परिवारलाई चामल, दाल, तेल, नुन, भटमासलगायतका खाद्यान्न सामग्री वितरण गरेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: