Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

एक साताभित्र ३५ हजारको कोरोना परीक्षण गर्ने सरकारको दाबी

काठमाडाै‌। कोरोनाभाइरस सङ्क्रमणको परीक्षणलाई केही दिन यता तीव्र रुपमा अघि बढाएको भनेको सरकारले एक साता भित्र ३५ हजार मानिसहरूको परिक्षण गरिसक्ने भनेर काम भइरहेको जनाएको छ।

चैत महिनामा विदेशबाट आएका, सरकारी क्वारन्टीनमा रहेका, घरमा क्वारन्टीनमा बसेका र सङ्क्रमितको वरपरका मानिसहरूको द्रुत परीक्षण अर्थात् र्‍यापिड कीट मार्फत परीक्षण गरिने बताइएको छ।

हालसम्म नेपालमा पीसीआर र र्‍यापिड कीटबाट गरि ८ हजार भन्दा बढीको परिक्षण भइसकेको छ।

कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको सरकारले दोस्रो रणनीतिका रूपमा परीक्षणको दायरालाई बढाउने नीति लिएको छ।
पीसीआर मेसिनबाट देशका प्रमुख सहरहरूमा स्वाब सङ्कलन गरेर परिक्षण भइरहँदा पछिल्ला दिनमा गाँउ गाँउमा र्‍यापिड किटबाट परीक्षण भइरहेको जनाएको छ।

सबै प्रदेशका सबै जसो जिल्लामा गरी ३५ हजार त्यस्ता कीट पुगिसकेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ती सबै एकसाता भित्र प्रयोग भइसक्ने बताए।

उनले भने, \'हरेक प्रदेशमा पाँच हजारको दरले पठाएको हो। यो साताभित्र सबै कीटहरूको प्रयोग गर्ने योजना छ। सुदूरपश्चिमका जिल्लादेखि धेरैवटामा भइसकेको छ। पाँचसात दिनमा ती कीटहरू सबै ठाउँमा परीक्षण गर्ने हाम्रो योजना छ।\'

त्यसरी गरिएको परिक्षणमा सङ्क्रमण देखिएकाहरूको अनिवार्य रुपमा फेरि पीसीआर विधिबाट परीक्षण गरिने र र्‍यापिड कीटबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिएका मध्येको पनि केहीलाई छानेर फेरि पीसीआर विधिबाट परीक्षण गरेर यकिन गरिने उनको भनाइ छ।

हाल भइरहेको परीक्षण विदेशबाट आएका र सरकारी क्वारन्टीनमा रहेकाहरूलाई लक्षित गरिएको प्रवक्ता देवकोटाले बताए।

ूविदेशबाट आएर क्वारन्टीनमा बसेका करिब ८ हजारको हाराहारीमा हुनुहुन्छ। उहाँहरूलाई अनिवार्य रुपमा परीक्षण गर्ने र उहाँहरूको वरिपरि हुनेलाई पनि परीक्षणमा राखिन्छ। त्यसबाहेक अरू समस्या देखिएका र लक्षण मिलेका अन्यलाई पनि गर्ने योजना छ।

मान्यता पाउन बाँकी
चीनबाट ल्याइएका ती र्‍यापिड परीक्षण कीटलाई विश्वस्वास्थ्य सङ्गठनले हालसम्म मान्यता दिएको छैन।

हाल सम्मको र्‍यापिड कीटको नतिजा सकारात्मक देखिएको अधिकारीहरूको भनाइ छ।

स्वास्थ्यमन्त्रालयले अझै ३५ हजारकै हाराहारीमा र्‍यापिड कीट आफूहरूसँग सञ्चित रहेको जनाएको छ।

हाल सम्म पीसीआर विधिबाट परीक्षण गरिएका ५ हजार १ सय ८४ र र्‍यापिड कीट विधिबाट परीक्षण गरिएका ३ हजार ३ सय २१ नमुनाको परीक्षणमा १२ जना सङक्रमित देखिएका छन्। ती मध्ये ११ जना अस्पतालमा उपचारकै क्रममा छन्।

प्रदेश २ मा परीक्षणको अवस्था

पछिल्ला परीक्षणबाट प्रदेश नम्बर २ को वीरगञ्जमा आइतवार ३ जना कोरोनाभाइरस सङक्रमित देखिएपछि उक्त प्रदेशमा थप सङ्क्रमित हुनसक्ने आशङ्काहरू बढेका छन्।

त्यस्तो आशङ्कापछि त्यहाँ आवतजावतमाथि रोक लगाएर पूरै क्षेत्रलाई नै सील गरिएको प्रदेश नम्बर २ का सामाजिक मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।

\'वीरगञ्जमा तीनजनामा सङ्क्रमण देखिएपछि अब यो क्षेत्रमा थप मानिसलाई एकान्तवासमा राख्नुपर्ने र उपचार केन्द्रको क्षमता बढाउनुपर्ने देखिएको छ,\' घिमिरेले भने।

प्रदेश नम्बर २ स्थित सुख्खा बन्दरगाहमा भारतबाट गाडीमा सामान आउने र त्यसक्रममा समान ओसारपसार गर्दा मानिसहरूको राम्रो निरीक्षण गरिनुपर्ने विषय पनि उठेका छन्।

त्यसका लागि आफूले चालेका कदमबारे बोल्दै सामाजिक मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले भने, \'दैनिक उपभोग्य सामान अभाव भयो भने त्यसले झन् समस्या हुन्छ भनेर गाडीहरू आउन दिने सरकारी निर्णय नै छ। तर नेपालबाट भारत आउँदा होस् वा भारतबाट नेपाल आउँदा हामीले परीक्षण गरेर ल्याउने गरेका छौँ। त्यसबाट अहिलेसम्म कुनै समस्या देखिएको छैन।\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE