Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

अन्तिम समयमा चुनावमा अन्य दलहरूसँग पनि चुनावी सहकार्य हुन्छ : बादल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउनेहरूका विरुद्ध जाने राजनीतिक दलहरूसँग निर्वाचनमा सहकार्य गर्न सकिने पार्टी नीति रहेको खुलासा गरेका छन्। साथै उनले त्यस्ता दलहरूसँग अहिले छलफल भइरहेको समेत बताए।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, “देश जलाउनेहरूका विरुद्ध हुने दलहरूसँग चुनावी सहकार्य सकिन्छ भन्ने हाम्रो पार्टीको नीति हो। १६५ निर्वाचन क्षेत्रमध्ये जहाँ यी दलहरू सहकार्य गर्न तयार हुन्छन्, त्यहाँ दुवै पक्षको हित हेरेर वीन–वीनको अवस्थामा सहकार्य हुनसक्छ।”

उपाध्यक्ष थापाका अनुसार जनार्दन शर्मा र बाबुराम भट्टराई नेतृत्वको प्रलोपा पार्टीसँग सहकार्यको सहमति भएको छ। उनले थपे, “अरूसँग पनि कतिपय निर्वाचन क्षेत्रमा सहकार्य हुनसक्छ। फागुन २१ अगाडिसम्म सबै पक्षबाट प्रयास जारी रहन्छ र अन्तिम समयमा केही ठाउँमा सहमति हुनसक्छ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकालाई प्रचण्डको सुझाव: चुनाव दुई चरणमा नगरियोस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै मितिमा अर्थात् फागुन २१ मै निर्वाचन हुने बताएका छन् । काठमाडौंमा आय...

निर्वाचनमा प्राप्त भएका चन्दा अब बैंक खाताबाट नै खर्च गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका क्रममा प्राप्त गर्ने सबै प्रकारका चन्दा र आर्थिक सहयोग अनिवार्य रूपमा बैंक खातामा...

यस्तो छ बालेन शाह र केपी ओलीबिच प्रतिस्पर्धा हुने झापा–५ को मतपत्र (नमुनासहित)

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा देशव्यापी चासो बढेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमा...

इन्जिनमा समस्या आएपछि टर्किस एयरलाइन्सको विमान कोलकाता डाइभर्ट

काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमान टेकअफ गर्ने क्रममा एउटा इन्जिनमा स...

आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा कम्तीमा १० सिट जित्छौँ: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयो...

टी–२० विश्वकप : नेपालको अन्तिम अभ्यास खेल क्यानडासँग

काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम तयारी खेल बिहीबार क्यानडासँग खेल्नेछ । नेपालले विश्वकप अघिको अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न ...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन ग...

मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छु : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बत...

४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८ सय पेन्सन, १० वर्षलाई पुग्ने रकम अग्रिम निकासा

काठमाडौँ । सहरी विकास मन्त्रालयले भदौ २३–२४ गतेको आन्दोलनमा मृत्यु भएका ४२ व्यक्तिका परिवारलाई मासिक २१,८०० रूपैयाँ दरले पेन्सन निकासा गरेको छ। आन्दोल...

अन्तिम समयमा चुनावमा अन्य दलहरूसँग पनि चुनावी सहकार्य हुन्छ : बादल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउनेहरूका विरुद्ध जाने राजनीतिक दलहरूसँग निर्वाचनमा सहकार्य गर्न सकिने पार्टी नीति रहेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE