Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

डडेलधुरामा देउवापछि को ?

खबरडबली संवाददाता

काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् । विशेष महाधिवेशनबाट आएको कांग्रेसको नयाँ नेतृत्वले जेन–जी आन्दोलनको भावना देउवाको पक्षमा नभएको भन्दै टिकट दिएन । सोही कारण यसपालि डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन्, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर ।

देउवाले २०४८ देखि ०७९ सम्म भएका सबै चुनाव जिते, पाँच पटक प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति भए । देउवालाई हरेक कालखण्डमा सत्ता र शक्तिको केन्द्रमा पुर्‍याइरहेको डडेलधुराले ३४ वर्षपछि कांग्रेसको नयाँ उम्मेदवारका रूपमा महरलाई पाएको हो । देउवा नेतृत्वको तत्कालीन केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्य रहेका महरलाई देउवाको विरासत धान्ने जिम्मेवारी छ ।

कांग्रेसको गढ डडेलधुरामा यसपालि तीन स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो पटक चुनावी मैदानमा होमिएका महरलाई चुनौती दिँदै छन्, एमालेका चक्र स्नेही, नेकपाका मानसिंह माल र रास्वपाका ताराप्रसाद जोशीले । दलित समुदायमा प्रभाव रहेका स्नेही पूर्वराष्ट्रिय सभा सदस्य भइसकेका व्यक्ति हुन् । माल नेकपाका केन्द्रीय सदस्य हुन् । प्रतिनिधिसभामा उनी पहिलो पटक उम्मेदवार बनेका हुन् ।

रास्वपा उम्मेदवार बनेका जोशी यसअघि सुदूरपश्चिम प्रदेशसभा सदस्य थिए । डडेलधुराको प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका जोशी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार भएका हुन् । एमाले डडेलधुराका पूर्वअध्यक्षसमेत रहेका जोशी ०७० सालको संविधानसभा चुनावमा एमालेबाट उम्मेदवार थिए । उनी देउवासँगको चुनावी प्रतिस्पर्धामा तेस्रो भएका थिए ।

०७९ को चुनावमा कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्ललाई अनुशासनविपरीत काम गरेको भन्दै पार्टीको केन्द्रीय समितिले कारबाही गरेको थियो । मल्ल बीपी कांग्रेसबाट देउवाको प्रतिस्पर्धी भएर चुनावी मैदानमा उत्रिए । यो चुनावमा देउवालाई जितको निरन्तरता दिन निकै सकस परेको थियो । एकातिर स्वतन्त्र उम्मेदवार सागर ढकाल र अर्कातिर पार्टीमा विद्रोह गरेका मल्ल मैदानमा थिए । त्यो कठिन घडीमा पनि देउवाले जित निकाले ।

देउवाले २५ हजार ५ सय ३४ मत ल्याउँदा सागरले १३ हजार ४२ मत ल्याए । मल्ल भने ७ हजार ५ सय ३५ मत ल्याउँदै तेस्रो भए । डडेलधुराका सातमध्ये पाँच पालिकामा कांग्रेसले जितेको छ । आलीताल र अजयमेरु गाउँपालिका अध्यक्ष भने तत्कालीन माओवादीले जितेको हो । त्यसैले पनि महर आफ्नो पक्षमा मत आउनेमा विश्वस्त देखिन्छन् ।

०५२ सालमा नेविसंघको कार्यवाहक जिल्ला अध्यक्ष हुँदै महर ०७३ मा नेविसंघको केन्द्रीय अध्यक्ष र ०७८ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए । पोल्टिकल साइन्समा एमए, एलएलबी, पोल्टिकल साइन्समै एमफिल गरेका महरले राजनीतिक अर्थशास्त्रमा पीएचडी गर्दै छन् । कांग्रेसमा देउवापछि डडेलधुराका लागि राम्रो ‘प्रोफाइल’ बनाएका नेता महर भएको नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी बताउँछन् । ‘डडेलधुरामा केही विकासका अधुरा काम बाँकी छन्, ती कुरा महरले पूरा गर्नुपर्छ,’ उनले सुझाव दिए ।

कांग्रेसले निरन्तर चुनाव जित्दै आए पनि डडेलधुरामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलगायतका समस्या अद्यापि छन् । आफूले जिताएका व्यक्ति पाँच पटकसम्म प्रधानमन्त्री भए पनि डडेलधुरावासी रोजगारीको अवसर खोज्दै भारत भासिनुपर्ने बाध्यता उस्तै छ । डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग जीर्ण भएको लामो समय बित्दा पनि मर्मतसम्भार हुन सकेको छैन । जिल्ला सदरमुकामदेखि देउवा स्वयंको जन्मघर गन्यापधुरा–१ रुवाखोला जाने सडक बेवारिसे छ ।

डडेलधुरामा तीन सय शय्याको संघीय अस्पताल छ । विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी १९ छ, तर एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । अस्पतालमा स्थायी दरबन्दीमा एक जना मेडिकल सुपरिन्टेन्डेन्ट मात्रै कार्यरत छन् । गम्भीर बिरामीलाई उपचारका लागि साढे चार घण्टा लगाएर धनगढी पुर्‍याउनुपर्ने बाध्यता छ ।

‘नाक, कान, घाँटीको विशेषज्ञ चिकित्सक पनि छैनन्, मनोरोग विशेषज्ञको दरबन्दी भए पनि चिकित्सक आउनुभएको छैन,’ अस्पतालका सूचना अधिकारी टंक पन्तले भने, ‘अहिले दैनिक २ सय ५० देखि ३ सय बिरामी अस्पताल आउँछन्, गर्मीमा उपचारका लागि आउने बिरामी ५ सय ५० देखि ६ सय पुग्छन् ।’ स्थायी दरबन्दीमा चिकित्सक नभए पनि छात्रवृत्ति र करारमा गरेर १४ विशेषज्ञ चिकित्सक राखिएको छ । बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम र डोटीबाट बिरामी उपचारका लागि डडेलधुरा अस्पताल पुग्ने गरेका छन् ।

जिल्लामा सात पालिका छन्, जसमा अमरगढी र परशुराम नगरपालिका हुन् । गन्यापधुरा, भागेश्वर, आलीताल, अजयमेरु र नवदुर्गा गाउँपालिका छन् । देउवाकै आफ्नै पालिका गन्यापधुरामा सडक कालोपत्र छैन । अजयमेरु गाउँपालिकामा पनि अहिलेसम्म सडक कालोपत्र भएको छैन । अन्य पार्टीबाट उम्मेदवार भएकाहरूले यिनै विषयलाई एजेन्डा बनाई मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशगत रूपमा गरिबीको दर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ । डडेलधुरामा समग्र गरिबीको दर ३३.२६ प्रतिशत रहेको तथ्यांक छ । अर्थात् यो जिल्लाको कुल जनसंख्या १ लाख ३८ हजार ५ सय ३८ मध्ये ४६ हजार ८३ व्यक्ति अझै पनि गरिबीको रेखामुनि छ । पटक–पटक चुनाव जितेर प्रधानमन्त्री बनेका देउवाले यस्ता विषयमा ख्याल नगरेको स्थानीयको आरोप छ ।

महर आफू निर्वाचित भए जनतामा देखिएको निराशा चिर्ने गरी काम गर्ने दाबी गर्छन् । ‘डडेलधुराले पाँच पटक प्रधानमन्त्री पायो । जिल्लाका आधारभूत कुराहरू पूरा भए,’ उनी भन्छन्, ‘पहिला राजनीतिक दलका नेता अघि हुन्थे, जनता पछि हुन्थे । अहिले जनता अगाडि गए । जनतासँग नेताभन्दा बढी क्षमता छ । यसकारण पुरानोप्रति जनतामा निराशा देखिएको हो । यसलाई चिर्ने गरी काम गर्नेछु ।’ डडेलधुराको शिक्षा, स्वास्थ्य, पूर्वाधारका अधुरा परियोजना सम्पन्न गर्ने र उद्योग तथा पर्यटन विकास गरी रोजगारी बढाउने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए ।

देउवाले सुरुवात गरेका परियोजना सम्पन्न गर्न महरले भूमिका खेल्नुपर्ने डडेलधुरा कांग्रेसका पूर्वकोषाध्यक्ष गुणाकर चटौतको सुझाव छ । ‘पश्चिम सेती जलविद्युत् आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, मेडिकल कलेज र सुदूरपश्चिमलाई केन्द्रीय सरकारसँग जोड्ने काम गर्नुपर्छ,’ उनले भने । हाल डडेलधुरामा ९३ हजार ४ सय ३ मतदाता छन्, जसमा महिला ४६ हजार ४ सय ४६ र पुरुष ४६ हजार ९ सय ५७ जना छन् । पछि थपिएका नयाँ मतदाता १ हजार ८ सय ९२ जना छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending