Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

भारतमा कोरोना संक्रमितको बृद्धिदर आक्रामक, सोमबारसम्म ३४० को ज्यान गयो

काठमाडौं । भारतमा कोरोना संक्रमितको बृद्धिदर आक्रामक देखिएको छ । सार्वजनिक तथ्यांकअनुसार पछिल्लो एक सातामा मात्रै झण्डै ५ हजार नयाँ संक्रमित थपिएका छन् । सोमबारसम्म भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ ।

भारतमा कोरोनाबाट मर्नेको संख्यामा पनि क्रमशः बृद्धि भईरहेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सोमबारसम्म ३४० कोरोना संक्रमितको ज्यान गएको छ ।

महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढि चपेटामा, १५० भन्दा बढिले ज्यान गुमाए

भारतको महाराष्ट्रमा कोरोनाबाट सबैभन्दा बढि संक्रमितले ज्यान गुमाएका छन् । जनाइएअनुसार महाराष्ट्रमा सोमबारसम्म कोरोनाबाट मर्नेको संख्या १५० पुगेको छ ।

महाराष्ट्रको स्वास्थ्य विभागले जनाएअनुसार आइतबार मात्रै २२ जनाले ज्यान गुमाएका थिए । जसमध्ये मुम्बईबाट १६, पुणेंबाट ३, नवी मुम्बईबाट २ र सोलापुरबाट १ जनाले ज्यान गुमाएका थिए ।

महाराष्ट्रपछि मध्यप्रदेश र गुजरातमा धेरैले ज्यान गुमाएका छन् । मध्येप्रदेशमा हालसम्म ४४ जनाको ज्यान गएको छ भने गुजरातमा २६ जनाले ज्यान गुमाएका छन् । दिल्ली, तेलंगाना र पंजाबमा क्रमशः २४, १६ र १२ जनाले ज्यान गुमाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy