कैलाली । कैलालीः लम्कीचुहा नगरपालिका-१ भुरुवाकी ५३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ। योसँगै लम्कीचुहामा संक्रमितको संख्या दुई पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा पाँच। भारतबाट आएका रौतहट इशनाथ नगरपालिका-५ मोतीपुरका एक १९ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - औरैयास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ती किशोरको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १६ दिनअघि दिल्लीबाट फर्किएका उनी एक दिन घरमै बसेको स्थानीयले बताएका छन्। त्यसको भोलिपल्ट स्थानीयले क्वारेन्टाइनमा बस्न दबाब दिएका थिए। संक्रमितका घरमा आमाबुवा, दुई भाइ, एक बहिनी छन्।
कैलालीमा संक्रमण देखिएकी महिलासहित ५१ जनालाई यसअघि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। काठमाडौंबाट चैत २५ गते आएको स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको र्यापिड टेस्ट गरेको थियो। त्यसमा नेगेटिभ देखिएपछि क्वारेन्टाइनका सबैलाई चैत २९ गते घर पठाइएको थियो।
वडाध्यक्ष जनकबहादुर बमले ती महिलासहित १७ जना चैत १७ गते पर्साबाट लम्की आएको बताए। नेपालबाटै आएकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था नभएपछि उनीहरू भुरुवास्थित आफन्तको घरमा गएका थिए। स्थानीयवासीले सीमा क्षेत्रबाट आएको भन्दै क्वारेन्टाइनमा राख्न दबाब दिएको वडाध्यक्ष बमले खुलाए।
‘१४ दिन क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण पनि देखिएन। र्यापिड टेस्ट पनि नेगेटिभ आएको थियो’, उनले भने, ‘१७ जनालाई नै चैत २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो।’
क्वारेन्टाइनमा बसेका ५१ मध्ये ४४ जनाको र्यापिड टेस्टपछि स्वाब संकलन गरी काठमाडौं लगिएको थियो। काठमाडौंमा गरिएको परीक्षणले कोरोना पोजिटिभ देखाएपछि ती महिलालाई सोमबार सेती प्रादेशिक अस्पतालको आइसोलेनसनमा राखिएको छ। उनलाई टीकापुर अस्पतालको एम्बुलेन्समार्फत धनगढी पठाइएको हो।
लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशीले संक्रमितको घर नभएकाले क्वारेन्टाइनबाट गएर आफन्तकहाँ बसेको बताए। ‘उनीहरूको घर थिएन’, उनले भने, ‘चार जना आफन्तको घरमा बाँडिएर बसेका थिए। उनको परिवारका १६ सदस्यसहित आफन्तलाई पनि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइएको छ।’
आफ्नो परिवार र बर्दगोरिया गाउँपालिकाका ५ आफन्तसहित वीरगन्जबाट ३५ जना एउटै बसमा आएको उनले सुनाए। तीमध्ये कतिपय बाँकेको कोहलपुर र चिसापानीमा झरेका थिए। १७ जना लम्कीमा झरे पनि बर्दगोरियाका पाँच आफन्त त्यतै गएका थिए।
‘म त होटलमा काम गर्छु। आमाले चिया पकाउनु हुन्थ्यो। बुवा, दाजु र भिनाजुले वीरगन्ज बसपार्कमा घुम्दै चिया बिक्री गर्नुहुन्थ्यो’, उनले भने, ‘आमा, बुवा, भतिजा, भतिजी बसपार्कमै रहेको डेरामा बस्नुहुन्थ्यो। हामी अरू फरक-फरक ठाउँमा काम गर्ने हुनाले फरक ठाउँमै बस्थ्यौं।’
जिल्ला प्रशासन पर्साको सिफारिसमा आफ्नो जिल्ला जान चाहनेहरूका लागि पास दिने व्यवस्था मिलाइएको थियो।
लम्कीचुहा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जयन्ती बीसीले ती महिलामा कोरोना पुष्टि भएसँगै क्वारेन्टाइनमा सोमबारै पुनः र्यापिड टेस्ट सुरु गरिएको बताइन्। ‘कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा भएका व्यक्तिहरूको पुनः र्यापिड टेस्ट गरिरहेका छौं’, उनले भनिन्, ‘उनीसँगै लम्कीचुहाका विभिन्न क्वारेन्टाइनमा बसेका ९९ जनाको टेस्ट गरिएको थियो। अन्य ९८ जनाको भने नेगेटिभ आएको छ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: