काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष विपक्षी दलहरूमाथि थोपर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सरकार पक्षको राजनीतिक शैलीप्रति कटाक्ष गरेका छन्। उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारीका रूपमा प्रस्तुत गर्ने, पछि तिनैसँग वार्ता गरी सम्झौता गर्ने र हिंसाको जिम्मेवारी भने विपक्षीमाथि सार्ने प्रवृत्तिलाई अस्वाभाविक भएको टिप्पणी गरेका छन्।
पोखरेलले फेसबुकमा लेखेका छन्, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त रु”
उनको भनाइ पछिल्लो समय देशका विभिन्न स्थानमा भएका आन्दोलन, आन्दोलनका क्रममा भएका झडप तथा सरकार र आन्दोलनकारीबीच भएका सहमतिप्रति लक्षित रहेको देखिन्छ।
पोखरेलले सत्तारूढ पक्षले योजनाबद्ध रूपमा राजनीतिक परिस्थिति सिर्जना गरेर त्यसको जिम्मेवारी विपक्षी दलमाथि थोपर्ने प्रयास गरिरहेको आरोप समेत लगाएका छन्। यद्यपि उनले आफ्नो अभिव्यक्तिमा कुनै विशेष घटना वा समूहको नाम भने उल्लेख गरेका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १२:३५
सल्यान। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेक...
श्रावण १८ गते, २०८३ - १२:०५
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको ...
श्रावण १८ गते, २०८३ - ११:५४
विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...
श्रावण १८ गते, २०८३ - ११:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...
श्रावण १८ गते, २०८३ - ११:२४
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...
श्रावण १८ गते, २०८३ - ११:०६
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...
श्रावण १८ गते, २०८३ - १०:२६
फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...
श्रावण १८ गते, २०८३ - १०:०७
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभा...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...



प्रतिकृया लेख्नुहोस्: