जनकपुरधाम । कोराना भाइरस (कोभिड—१९) का चार जना संक्रमित भेटिएपछि प्रदेश २ मा जोखिमको स्तर उच्च छ। वीरगञ्जको छपकैयास्थित जामे मस्जिदमा लुकेर बसेका भारतबाट नेपाल आएका ३ जना भारतीय मुस्लिम जमाती ९धर्म प्रचारक० कोरोना संक्रमित भेटिए। त्यसको भोलिपल्ट नै रौतहटको इशनाथ नगरपालिका—५ मोतीपुरका १९ वर्षीय किशोरमा पनि यो भाइरस रहेको पुष्टी भयो।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा मा खबर छ - १६ दिनअघि दिल्लीबाट फर्किएका ती युवक एक दिन घरमै बसेका थिए। त्यसको भोलिपल्ट स्थानीयले क्वारेन्टाइनमा बस्न दबाब दिएपछि उनी औरैयास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसे।
उनको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ। संक्रमित युवाको घरमा आमाबुवा, दुई भाइ, एक बहिनी छन्। उनी अन्य कतिजनाको सम्पर्कमा आए भन्ने यकिन हुन सकेको छैन।
प्रदेश २ मा कोरोना संक्रमणका यी घटनाले सीमाको सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न खडा गरेको छ। दिल्लीको नजामुद्दिन मरकजमा तबलिगी जमातमा सहभागी भएका जमातीहरू सीमा नाकामा लगाइएको प्रतिबन्द्वलाई छिचोलेक कसरी नेपाल छिरे भन्ने प्रश्न उठेको छ।
पर्सामा भेटिएका तीनजना जमाती नेपालमा आएर पछिल्लो ९(१० दिनसम्म मस्जिदमा बसेका थिए। उनीहरूसँगै मस्जिदमा २४ जना भारतीय मुस्लिम जमाती बस्दै आएका थिए। घटनापछि छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट २६ जनालाई नियन्त्रणमा लिइए पनि यिनीहरू नेपालको मस्जिदमा लकडाउनको सबै नियम तोडेर बस्नु नै चुनौतिपूर्ण बनेको छ।
४३१ किलोमिटर भन्दा बढी खुल्ला सीमा क्षेत्र रहेको यो प्रदेशमा कहीँकतैबाट प्रहरीलाई झुक्याएर सर्वसाधारणले पस्न पाउने सम्भावना प्रबल छ। पर्सा जिल्लामा १०७ किलोमिटर खुल्ला सीमा क्षेत्र छ। वीरगन्ज, भिस्वा, ठोरी नाकाबाट नेपाल छिर्ने क्रम लकडाउनको बेला पनि रुकेको थिएन्। चैत्र महिना भित्र मात्रै भारतबाट ३३९ जना नेपाली र २९ जना भारतीय जिल्ला छिरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यी २९ जना भारतीयमध्ये नै ३ जना संक्रमित हुन्।
त्यसैगरी रौतहट जिल्लामा लकडाउन सुरु भएदेखि हालसम्ममा ५१ हजार २ सय जना भारत हुँदै नेपाल छिरेका छन्। धनुषामा भने यो संख्या ७३९ रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भक्तबहादुर राई बताउँछन्।
महोत्तरीको नाका भइ ९६ जना मात्रै नेपाल छिरेको तथ्यांक जिल्ला प्रशासन कार्यालयको छ।नेपाल छिरेका सबैलाई हाल क्वारेन्टाइनमा राखिएको सीडीओ सूर्यबहादुर खत्रीले बताए।
बारामा १२५ जना भारतीय नाका हुँदै जिल्ला छिरेका छन् भने सर्लाहीमा यो संख्या ६१ छ। सिरहामा भने लकडाउन अवधिभर कसैलाई पनि नाकाबाट छिर्न नदिइएको र चोरबाटो भएर नेपाल प्रवेश गर्नेको पनि जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
हालसम्म सिरहामा ३ जना मात्रै यो अवधिमा भारतबाट नेपाल प्रवेश गरेको जनाइएको छ। सप्तरीमा भने नाकाबाट छिर्नेको कुनै रेकर्ड नरहेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताएका छन््। पालिकाहरूबाट रेकर्ड माग्दा नदिएपछि आफूहरूसँग कुनै तथ्यांक नरहेको खनालले बताए।
५२ हजार भन्दा बढीको संख्यामा भारत र अन्य मुलुकबाट लकडाउन अवधिमा प्रदेश २ छिरे पनि हाल १ हजार २० जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। प्रदेशभर १६० क्वारेन्टाइनमा ३२८५ बेड क्षमता छ। तर, यसको एक चौथाई पनि क्वारेन्टाइनमा बसेका छैनन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: