तनहुँ । तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार र मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तहका ८५ वटै वडा वडामा आरडिटी किट पठाएर परीक्षण कार्यलाई तीब्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । “आरडिटी परीक्षणबाट बढीमा २० मिनेटमा रिर्पोट आउँछ”, उनले भने, “पोजिटिभ आए स्वाब सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला पोखरामा पठाउने व्यवस्था मिलाइएको छ ।”
बिहीबार सम्ममा जिल्लामा ¥यापिड डायग्नोस्टिक टेस्ट ९आरडिटी० किटबाट परीक्षण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए । जिल्लामा विभिन्न देशबाट घर फर्किनेको सङ्ख्या सात सय २५ रहेका छन् । शनिबार मात्रै छ सय ४२ थान किट आएपछि आइतबारदेखि परीक्षण कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
भारतलगायत अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिलाई आरडिटी किटबाट कोरोना परीक्षण गर्नेछ । उहाँले भन्नुभयो, “घरमा तथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर चौध दिन पुगेका र २१ दिन ननाघेका व्यक्तिको किटबाट परीक्षण गर्नेछ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: