Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

लहानमा राहतको आलु पनि कुहिएको, गन्हाएको चामल पालिकालाई फिर्ता

लहान । लहान नगरपालिकाले राहतमा बाँडेको कुहिएर खानै नमिल्ने चामल दलित तथा विपन्नले फिर्ता गरेका छन् । राहत बुझेका वडा नम्बर २० का दलित परिवारले बुधबार चामल वडा कार्यालयमै फिर्ता दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- तीन दिनअघि राहतमा पाएको चामल फिर्ता गर्न वडा कार्यालयमा आएकी लहान– २० ब्राह्मण गाउँकी अनिता चौधरीले कोरोनाको संक्रमणभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ कि भन्ने डर लागेको बताइन् । ‘कुहिएर खानै नसकिने चामल दिएको छ, गन्हाउँछ । कोरोना भाइरस सरेरभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ भन्ने डर लागेको छ,’ ४१ वर्षीया अनिताले भनिन् ।

वडा नम्बर २० का ३७ वर्षीया लीलादेवी राम र ४६ वर्षीय भिखन रामले पनि चामल वडा कार्यालयमै फिर्ता गरेको बताए । ‘नपकाउँदै गन्हाएको थियो, पकाएपछि पनि खान सकिएन,’ वडा कार्यालयमै भेटिएकी लीलादेवीले भनिन्, ‘यस्तो कुहिएको चामल किन घरमा राख्ने भनेर यहीँ फिर्ता ल्याएकी हुँ ।’

वडाध्यक्ष गणेशकुमार चौधरीले राहत पाएका दलितहरूले चामलको विषयमा तीन दिनदेखि गुनासो गरिरहेको बताए । ‘वडा क्षेत्रमा तत्काल पहिचान गरिएका चार सय ६० घर दलित, गरिबमध्ये बुधबारसम्म तीन सय २३ घरधुरीलाई राहत बाँडेका छौँ,’ चौधरीले भने, ‘राहत बुझ्ने अधिकांशले चामल गन्हाएको भन्दै गुणस्तरमा प्रश्न उठाएका छन् ।’ बुधबार दिउँसो ब्राह्मण, रामटोल, हरिनगरा, मलहन्माका दलितहरू गुनासोसहित वडा कार्यालयमा पुगेका थिए । यति हुँदाहुँदै पनि वडाले छुटेका विपन्नहरूलाई समेत यस्तै राहत बाँड्ने तयारी गरेको छ ।

नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ९खाद्य संस्थान०बाट ६६ लाख ७४ हजार दुई सय ५० रुपैयाँमा एक हजार ६ सय क्विन्टल चामल किनेर राहत बाँडेको थियो । लकडाउनका कारण हातमुख जोड्न नपाएका विपन्न र दलित परिवारलाई २०–२० किलोका पोका बनाएर चामल दिइएको थियो । तर, कुहिएर गन्हाएको चामल खानै नमिल्ने थियो । बाध्य भएर छाक टार्न भात पकाएर खाएकाहरू पाखाला लागेर बिरामी भएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending