Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

घरमा आमा बितिन्, किरिया महाकालीपारि क्वारेन्टाइनमा

दार्चुला । मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन् ।

बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो ।

तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि घर आउँदा धार्चुलामा अलपत्र परेका थिए । लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी कहिल्यै नसुनेका भट्टले यिनै शब्दका कारण आमाको निधन हुँदा पनि घर आउन पाएनन् ।

“मजदूरीकै लागि भारतका काला पहाड गएका हुन्”, उनका कान्छा भाइ सुनिलले भने, “चार भाइमध्ये एक्लै घरमा छु । नयाँ वर्षका लागि घर आउने भनेर तीनै जना दाइ भारतमै मजदूरी गर्न गएका थिए । दुई दाइ घर आएनन्, वासुदेव घर आउँदा धार्चुलामा अड्कियो ।”

विसु पर्व मनाउन एकसरो लुगाका लागि धन कमाउन गएका दाजु आमाको किरिया गर्न पनि स्वदेश आउन नपाउँदा भाइ सुनिल एक्लै किरिया बसेका छन् ।

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरसका कारण वासुदेव पनि घर आउन खोज्नुभएको थियो तर आउँदाआउँदै नेपाल–भारत दुवैतर्फ लकडाउन भयो । आफ्नो देश आउने प्रवेशद्वारमा ताला लाग्यो । वासुदेवले भन्नुभयो, “अहिले आमाको ज्यान जाँदा पनि घर आउन नपाउँदा क्वारेन्टाइनमै किरिया बसेको छु ।”

“ठेकेदारले समयमै काम गरेबापतको ज्याला नदिँदा आउन ढिला भयो, आफ्नै देश फर्किएर विसु मनाउने सपना थियो”, उनले भने, “विसुमा आमा गौमति र बुवा खेट्टेलाई भेट्ने सपना थियो । देश फर्किएर आमा बुबासँगै नयाँ वर्ष मनाउने सपनामा ब्रजपात भयो ।”

सयौँ नेपालीसँगै वासुदेव पनि धार्चुला पुग्नुभएको थियो । “तीन दिनसम्म आफ्नो देश आउन नपाएपछि नाराबाजीसमेत गर्यौँ”, उनले भने, “तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन् । पाँच दिन भारतीय गौशालामा बास भयो, केहीले ज्यानको बाजी लगाएर महाकालीमा हाम्रै आँखा अगाडि हाम फाल हाने । हामी भने महाकालीमा ज्यानको बाजी लगाउन पाएनौँ ।”

वासुदेव जिन्दगीमा पहिलो पटक सुनेको क्वारेन्टाइनमा २० दिनदेखि बसेका छन् । क्वारेन्टाइनमा उनी जस्ता एक हजारभन्दा बढी नेपाली धार्चुलामा बसेका छन् ।

आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उनी दिनदिनै फोनमा परिवारसँग कुरा गर्थे । लकडाउन कहिले खुल्ने हो ? लकडाउन नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उनकी आमासँग पनि दुई दिनअघि मात्र फोन भएको थियो । “मङ्गलबार साँझ घरबाट फोन आयो, फोन सामान्य थिएन, सोचेँ आमाले गर्नुभएको होला”, वासुदेवले भने, “भाइको रुँदै फोन आयो । आमा बित्नुभयो ।”

देश फर्किन नपाएको उनको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो । “आमा सम्झिएँ, मन भरिएर आयो”, उनी भक्कानिए । उनका भाइ लोकेन्द्र भारतकै बेङ्गलोरमा र अर्का भाइ माधव दिल्लीमा छन् । भाइहरु पनि गाउँ पुगेका छैनन् । एक्ला भाइ घरमा छन् ।

आमाको मृत्युपछि घर आउँछु भन्दै नेता प्रशासकलाई फोन गरे पनि उनी घर आउन सकेनन् । अन्ततः उनी साथीभाइको सहयोगमा क्वारेन्टाइनमा सेतो लुगा लगाएर किरिया बस्न बाध्य भए।

बहत्तर किलोमिटर टाढा रहेका वासुदेवले आमाको सत्गति गर्न घर पुग्न नपाएपछि अरु नेपाली पनि निराश छन् । शैल्यशिखर नगरपालिका–१ को कार्यालयले वासुदेवलाई आमाको मृत्युपछि गरिने किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्राचार गरेको छ ।

वडाअध्यक्ष भरतबहादुर खडायतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै मृत्युपछि गरिने कार्यका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेका हुन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल वडा कार्यालयबाट आएको पत्रको आधारमा भारतीय प्रशासनसँग पहल गरिएको बताउछन् । “हामीले आवश्यक समन्वयका लागि पत्र पठाएका छौँ”, उनले भने ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE