नयाँ दिल्ली । राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका छवटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको \'रेड जोन\' अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ।
बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गर्दै विभिन्न वर्गमा छुट्याएको छ।
रातो रङ्गले धेरै सङ्क्रमण फैलिएको, सुन्तला रङ्गले केही सङ्क्रमण भएको तथा हरियो रङ्गले सङ्क्रमण नभएको क्षेत्र सङ्केत गर्छन्।
कुनै पनि स्थान हरियो अर्थात् सुरक्षित क्षेत्रमा परेका छैनन्। भारतका कुल १७० वटा जिल्ला रेड जोन मा परेका छन्।
दिल्ली र मुम्बईबाहेक चेन्नई, बैङ्ग्लोर, कोलकाता र हैदराबाद पनि खतरनाक क्षेत्रमा परेका छन्।
उद्योगधन्दाका लागि चिनिएका विभिन्न राज्यहरू यो वर्गमा परेका छन्।
ती क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ।
रेड जोनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या घटाएर क्रमशस् ग्रीन जोन अर्थात् शून्य सङ्क्रमण भएको क्षेत्र बनाउने उसको उद्देश्य छ।
अट्ठाइस दिनसम्म नयाँ सङ्क्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी १४ दिनमा सङ्क्रमण नभेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्।
रेड जोनमा के हुन्छ ?
ती क्षेत्रमा व्यापक रूपमा परीक्षण गरेर प्रत्येक ठाउँ कति प्रभावित छ भनेर निर्क्योल गरिनेछ। राज्य सरकारहरूले \'पूल टेस्टिङ\' अर्थात् सामूहिक परीक्षनु गर्ने घोषण गरिसकेका छन्।
त्यसका लागि धेरै नमुनाहरू सङ्कलन गरेर एउटा ट्यूबमा हालेर एकैचोटि परीक्षण गरिनेछ।
विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको यो परीक्षणविधिमा कोरोनाभाइरस भएको देखिए प्रत्येक व्यक्तिको छुट्टछुट्टै परीक्षण गरिनेछ। यो विधिबाट ठूलो जनसङ्ख्याको परीक्षण गर्दा समय बचत हुनेछ।
एप्रिल २० सम्म रातो वर्गमा परेका क्षेत्र र जिल्लाले लकडाउन फुक्का गराउन आवेदन दिन पाउनेछैनन्।
भारतले बुधवार कृषि उद्योगलाई लक्षित गर्दै प्रतिबन्धहरू केही खुकुलो बनाइने घोषणा गरेको थियो। त्यसबाट ई-कमर्स र सेवा उद्योगमा कार्यरत मानिसहरले पनि हिँडडुल गर्न छुट पाएका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: