मुस्ताङ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमामात्रै दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताएको छन् ।
अत्याधिक चिसोका कारण हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने चर्चाकाबिच अर्थमन्त्री खनालले देशभर एकसाथ निर्वाचन गर्ने बाहेक सरकारले अर्को योजना नबनाएको बताए। धौलागिरीको पर्वत, बागलुङ र म्याग्दी जिल्लामा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थापनका बारेमा जानकारी लिने क्रममा अर्थमन्त्री खनालले मुस्ताङसहितका हिमाली जिल्लामा भारी हिमपात भएकै कारण मतदानस्थलमा असर गरेमा तत्काल निर्णय गरिने बताए।
अर्थमन्त्री खनालले भने,‘‘अहिले हिमपात भइरहेका ठाउँमा फागुन महिनामा मौसम सफा हुन्छ, हामीले एकैपटक निर्वाचन सम्पन्न गरी आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छौं ।’’ अर्थमन्त्री खनालले सञ्चारमाध्यममा आएजस्तो हिमाली जिल्लाको निर्वाचन सार्ने विषयमा सामान्य कुराकानी समेत नभएको अवस्थामा तराई, पहाड र हिमाली जिल्लामा तोकिएको समयमै मतपत्रसहित निर्वाचनलाई आवश्यक पर्ने सामग्री पुग्ने बताए।
मौसम प्रतिकुल, वर्षा बाहेक अचानक हिमपात भएको अवस्थामा तत्कालिन परिस्थितीलाई नै हेरेर निर्णय गरिने भएकाले निर्वाचनको तयारीमा जुट्न अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिए। शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै अर्थमन्त्री खनालले निर्वाचनको तयारी र सम्पन्नसम्मका लागि सरकार दिनरात खटिएको बताए।
निर्वाचन तयारी, सम्पन्नका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि समेत सरकार तयार रहेको अर्थमन्त्री खनालको भनाइ छ । धौलागिरीको पर्वत, बागलुङ र म्याग्दीको तुलनामा निर्वाचनमा चुनौती मुस्ताङ जिल्लामा रहेको छ। मुस्ताङको उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा ३५ सय ५३ मतदाता रहेका छन् भने थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा ७ हजार ७ सय ७५ मतदाता रहेका छन् ।
मतदानको समयमा हिमपात भएमा लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिका केही मतदान स्थल प्रत्यक्ष असर तथा सम्रग जिल्ला प्रभावित हुनसक्छ। एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - १५:४४
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल धितोपत्र बजार (नेप्से) उत्साहित देखियो। नेप्से परिसूचक २७.१९ अंकले बढेर २,७०८.७० विन्दुमा पुगेर बन्...
माघ २३ गते, २०८२ - १५:३३
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कुनै पनि दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्। उनले पार्टीका सबै जिल्लाका निर्वाचन परि...
माघ २३ गते, २०८२ - १५:१४
काठमाडौं । सरकारले खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीति कार्यान्वयन भएको एक दशकपछि पुनरावलोकन गर्ने तयारी थालेक...
माघ २३ गते, २०८२ - १५:०४
काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ । चेन्नईस्थित एमए चिदा...
माघ २३ गते, २०८२ - १४:५८
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएको छन्। बिहीबार नेपाल दूरसञ...
माघ २३ गते, २०८२ - १४:३२
काठमाडौँ। सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा...
माघ २३ गते, २०८२ - १४:२५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा वार्ता भएको छ। ओली बिहान करिब ९...
माघ २३ गते, २०८२ - १४:१६
मुस्ताङ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमामात्रै दोस्रो चरणमा निर्वाचन हुन...
माघ २३ गते, २०८२ - १४:११
काठमाडौँ। आठ वटा सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न समय दिँदै काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ। कानुन तथा मानव अधि...
माघ २३ गते, २०८२ - १३:५२
काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । क्यानडाले टस जितेर सुरुमा ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ ग...



प्रतिकृया लेख्नुहोस्: