काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयबाट सातै प्रदेशसभाका उपसभामुखसँग भिडियो संवाद गरेकि छिन् ।
संवादमा प्रदेशसभाका उपसभामुखले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका कार्य, प्रदेश सभाको समन्वयका बारेमा आप्mना धारणा राख्दै सङ्घीय संसद्मार्फत सङ्घीय सरकारलाई सुझाव दिएका थिए ।
उपाध्यक्ष दाहालसँगको संवादमा प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश नं २ का उपसभामुख उपमाकुमारी देव, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेश नं ५ का उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले आआफ्नो धारणा राखेका थिए ।
संवादमा उपाध्यक्ष दाहालले प्रदेश सरकारसँग समन्वय गरेर कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि योगदान गर्न, प्रदेश सरकार, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिसँग नजिकमा रहेर काम गर्न, विपद्का बेलामा पनि प्रदेशसभा सञ्चालनलगायतका विषयमा दलीय सहमति जुटाएर काम गर्न र विपद्का बेला महिलामाथि हुने हिंसाबारे चासो राख्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
प्रदेशसभाका उपसभामुखले खुला सिमानाबाट कोरोना सङ्क्रमित आउन सक्ने खतरा देखिएकाले सिमानामा कडाइ गर्नुपर्ने, लकडाउनलाई प्रभावकारी बनाइ समस्या परेकाका विषयमा पनि सोच्नुपर्ने, तीनै सरकारबीच आपसी समन्वय गर्नुपर्ने, कोरोना सङ्क्रमणको परीक्षणलाई तीव्रता दिनुपर्ने, आगामी बजेटमा कृषि क्षेत्रमा ध्यान दिनुपर्नेलगायत विषयमा सुझाव दिएका थिए । साथै उहाँहरुले विदेशबाट आउनेलाई अझै कडाइ गर्नुपर्ने र आइसकेकालाई क्वारेन्टाइनमा अनिवार्यरुपमा राख्नुपर्ने, सङ्क्रमितको उपचारका लागि सुविधासम्पन्न अस्पतालको व्यवस्था गर्नुपर्ने, प्रदेशमा भइरहेका राहत वितरणको काम, मेडिकल सामग्री र चिकित्सकको उपलब्धतालगायत विषयमा धारणा राख्नुका साथै सुझाव दिएका थिए।
यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही वैशाख १ गते राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतकसँगै विषयगत समितिका सभापतिसँग र यही वैशाख ३ गते सातै प्रदेशका सभामुखसँग भिडियो संवाद गरेका थिए । सबै भिडियो संवादबाट प्राप्त सुझावलाई सरकारसमक्ष प्रतिवेदनका रुपमा पेस गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: