Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

प्रधानमन्त्री भाषण गरेर होइन, जनताले छानेर बन्ने हो: अध्यक्ष घिसिङ

खबरडबली संवाददाता

जनकपुरधाम। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सुशीला कार्की नेतृत्व सरकारका पूर्व मन्त्री कुलमान घिसिङले आफूहरूले अहिलेसम्म काम गरेर नतिजा दिएको र आगामी दिनमा पनि निरन्तर ‘डेलिभरी’ दिने दाबी गरेको छन् ।

बिहीबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि आउनुभएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी छोटो समयमै स्थापना भए पनि अग्र्यानिक रूपमा अगाडि बढिरहेको बताए। उनले भाषणभन्दा कामलाई प्राथमिकता दिने पार्टीको नीति रहेको उल्लेख गरे।

“प्रधानमन्त्री भाषण गरेर होइन, जनताले छानेर बन्ने हो,” उनले भने, “हामी आफै नेतृत्व गर्न र परिवर्तन ल्याउन राजनीतिमा आएका हौं ।” देशको समग्र क्षेत्रमा उज्यालो ल्याउने उद्देश्यसहित राजनीतिक क्षेत्रको दुर्गन्ध हटाएर स्वच्छ राजनीति स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो ।

अध्यक्ष घिसिङले देशलाई आर्थिक रूपमा समृद्ध बनाउँदै रोजगारी सिर्जना गर्ने योजना पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरे। “पहिले पनि सेवा गरेका छौँ, आगामी दिनमा पनि जनताका पक्षमा काम गर्ने खालका परिवर्तन ल्याउनेछौँ,” उनले भने । जनताले समर्थन गरे आफूहरू नै प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने दाबी पनि उनले गरे।

जनकपुरधाममा भेटघाट कार्यक्रम सम्पन्न गरेपछि अध्यक्ष घिसिङ नेपालको पूर्वी जिल्लातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको पार्टीकी केन्द्रिय सदस्य मनिषा कुमार साहले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुर्तीजन्य पदार्थ ऐन २०६८ पालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा...

बाुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच दुई घण्टा लामो वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा वार्ता भएको छ। ओली बिहान करिब ९...

मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

मुस्ताङ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमामात्रै दोस्रो चरणमा निर्वाचन हुन...

घरभाडा नतिर्ने आठ सहकारीलाई महानगरको सातदिने चेतावनी

काठमाडौँ। आठ वटा सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न समय दिँदै काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ।  कानुन तथा मानव अधि...

क्यानडाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । क्यानडाले टस जितेर सुरुमा ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ ग...

बाढीले क्षतिग्रस्त बीपी राजमार्गको मन्त्री चौलागाईंद्वारा निरीक्षण, वर्षाअघि नै सञ्चालन योग्य बनाउन निर्देशन

काठमाडौँ । भौतिक  पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले बाढी–पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण गरेका छन् । बिहीबार मन्त्री...

मविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने ठुलो प्रयास हुँदैछ: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले आफूविरुद्ध योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्ने ठुलो प्रयास भइरहेको दा...

डा. बाबुराम भट्टराईका बुवाको पशुपति अन्त्येष्टि सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा। बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको अन्त्येष्टि गरिएको...

प्रधानमन्त्री भाषण गरेर होइन, जनताले छानेर बन्ने हो: अध्यक्ष घिसिङ

जनकपुरधाम। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सुशीला कार्की नेतृत्व सरकारका पूर्व मन्त्री कुलमान घिसिङले आफूहरूले अहिलेसम्म काम गरेर नतिजा दिएको र आगा...

म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् ।  बयालीस घरधुरीको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE