Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

लकडाउनमा खाद्यान्न भन्दै मदिरा ओसार्ने पक्राउ

सप्तरी । बन्दाबन्दी र सीमा नाका बन्द गरेर कोरोना महामारीविरुद्ध लडिरहेका बेला यहाँ लागुऔषध र मदिरा कारोवारी भने सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्र्याक्टरमा मदिरा ओसार्ने महादेवा गाउँपालिका–१ का ३२ वर्षीय श्रवण मण्डल आज राजविराज नगरपालिका– ६ बाट पक्राउ परेका छन् ।

अत्यावश्यक खाद्यान्न भन्दै मदिरा ओसारिरहेको फेला परेपछि मण्डललाई पक्राउ गरी ट्र्याक्टर र मदिरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । “अति आवश्यक खाद्यान्न समान भनी बहाना बनाइ लैजाने क्रममा शङ्का लागि जाँच गर्दा मदिरा फेला पर्यो”, प्रनाउ भारतीले भने, “चालक मण्डलसँग मदिराको बिल भर्पाई पनि थिएन, लकडाउनको उल्लङ्घन गर्दै खाद्यान्न सामग्री भनेर खोल्दा विभिन्न ब्राण्डका मदिरा भेटियो ।”

ट्र्याक्टरमा ९० कार्टुन दिलवाले नामक मदिरा, २० कार्टुन एम्बिसन नामक मदिरा र छ कार्टुन गोल्डहली नामक मदिरा फेला पारी बरामद गरिएको उनले बताए। मङ्गलबार सीमा नाका बोदे बरर्साइन नगरपालिका–९ स्थित स्वर्णपट्टिबाट लागुऔषधसहित खड्क नगरपालिका–९ का १९ वर्षीय मो आदिजलाई प्रहरीले पक्राउ गरेको थियो । भारतीय बजार लौकहीबाट लागुऔषध खरिद गरेर ल्याउँदै गरेका आदिजका साथबाट कोरेक्स तीन बोतल र नाइट्रोभेट ट्याब्लेट ३० थान बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टीका प्रमुख हिमाल केसीले जानकारी दिए ।

भारतबाट को४प ४३६८ नंको मोटरसाइकलमा ल्याउँदै गरेको लागुऔषधसहित विष्णुपुर गाउँपालिका– ५ परसाहीका ४५ वर्षीय जोगिन्द्र यादव गत शुक्रबार भारतीय सीमा नाका छिन्नमस्ता गाउँपालिका– ६ हाटीबाट पक्राउ परे । आठ दिनअघि हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित कोशी ब्यारेज नजिकबाट लागुऔषधसहित तीन मोटरसाइकलमा आइरहेका कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकाका चार युवा पक्राउ परे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy