Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध गर्न काँग्रेसको आग्रह

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।

काँग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै रोजगारी, अध्ययन वा अन्य कुनै पनि काममा विश्वका जुनसुकै मुलुकमा गएका नेपालीको स्वास्थ्यका बारेमा सरकारले चासो लिइ उनीहरुको हितमा आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।

उनले कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न भएको अवस्थामा विभिन्न देशमा रहेका नेपाली, जो नेपाल आउन चाहन्छन्, उनीहरुलाई तत्काल कूटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था गर्न आग्रह गरेका छन् ।

“विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याएपछि उनीहरुलाई कम्तीमा पनि २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रबन्ध तत्काल गर्न आवश्यक छ, होटल व्यवसायी, स्कुल र कलेज सञ्चालकले आफ्नो भवन सरकारले चाहेमा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने भनेका छन्, सरकारले तत्काल काठमाडौँ लगायतका अन्य क्षेत्रका होटल, स्कुल र कलेजलाई आवश्यकताअनुसार क्वारेन्टाइन बनाओस्, जसले विदेशबाट आएका नेपालीलाई निश्चित समयसम्म क्वारेन्टाइनमा सुरक्षितरुपमा राख्न सकियोस्”, पत्रमा उल्लेख छ ।

नेता भट्टराईले नेपाल प्रवेशका लागि सिमानासम्म पुगेका नेपाली नागरिकलाई नेपालभित्र क्वारेन्टाइन बनाएर राख्नुपर्ने र विदेशमा रहेका केही नेपालीको प्रवेशाज्ञाको समस्याका सन्दर्भमा त्यस्ता नेपालीलाई नेपाल ल्याउने वा निश्चित समयका लागि प्रवेशाज्ञा थप्न तत्काल कूटनीतिक पहल गर्नुपर्ने आग्रह गरेका छन् ।

साथै आवश्यक स्वास्थ्य सामग्री तत्काल खरिद गरी कोरोनाविरुद्धको तयारी चुस्त बनाउन, स्वास्थ्य सामग्रीको गुणस्तरमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेर मात्रै खरिद गर्ने गरी मापदण्ड बनाउन आग्रह गरिएको छ । यसैगरी महाव्याधी लम्बिँदै गयो भने वैदेशिक रोजगारीमा जाने नेपालीको रोजगारी गुम्ने खतरा रहेको उल्लेख गर्दै त्यसको पूर्वतयारीस्वरुप सरकारले अहिले नै उनीहरुका लागि रोजगारीको विशेष कार्यक्रमको तयारी शुरु गर्न आवश्यक रहेको पत्रमा उल्लेख छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE