Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

विभिन्न स्थानमा २३ हजारको स्वास्थ्य परीक्षण

लमजुङ । विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट शुक्रबारसम्म २३ हजार ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको क्वीक रेस्पोन्स टिमले जनाएको छ ।

लमजुङको मुख्य प्रवेशद्वार सुन्दरबजार नगरपालिका –७ पाउँदीबजारमा राखिएको स्वास्थ्य सहायता कक्षमा सबैभन्दा बढी १२ हजार २२४ जनाको परीक्षण भएको छ । त्यस्तै मध्यनेपाल नगरपालिकास्थित दुईपिप्ले स्वास्थ्य सहायता कक्षमा सात हजार ८८७ हजार र सो नगरको रामबजारमा राखिएको हेल्थ डेस्कमा दुई हजार १८६ जनाको स्वास्थ्य परीक्षण भएको छ । बेँसीशहर नगरपालिका –७ मनाङ्गे चौतारामा राखिएको स्वास्थ्य सहायता कक्षमा दुई हजार १९८ जनाको परीक्षण भएको छ ।

त्यस्तै क्व्होलासोथर गाउँपालिकास्थित वाग्लुङपानीमा उक हजार १४५, पसगाउँमा एक हजार २१३, सिङ्दीमा ६९०, झिमुडाँडामा एक हजार २४, घलेगाउँमा ३८६ र भोजेमा राखिएको स्वास्थ्य सहायता कक्षमा ९३ जनाको परीक्ष्क्षण भएको छ ।

कोराना भाइरस संक्रमणको त्रास फैलिएसँगै लकडाउन हुनुपूर्व नै बाहिरी जिल्ला र विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचका लागि विभिन्न स्थानीय तहमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending