Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

किसानलाई तत्काल क्षतिपूर्ति र पिसीआर मेशिनका लागि नेकपाको पहल

रौतहट । मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस परीक्षण गर्न पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) मेशिनको सुविधा छैन ।

जिल्लामा स्वाब थ्रोट जाँच गर्न वीरगञ्ज तथा प्रादेशिक अस्पताल जनकपुरसम्म जानुुपर्दा कठिनाइ हुँदै आएको छ ।

हावाहुुरी र असिनाले पीडित किसानलाई तत्काल राहत तथा क्षति पूर्ति दिन र प्रदेशको प्रत्येक जिल्लामा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ का अध्यक्ष तथा सङ्घीय सांसद प्रभुु साहले पहल गरेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको मावि कटहरियास्थित क्वारेन्टाइनको स्थलगत निरीक्षणपछि उनले उक्त माग गरेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई दुई हप्ता राखेर प्राथमिक उपचार गर्न कटहरिया नगरपालिकाद्वारा निर्माण गरिएको २०० सय श्ययाको क्वारेन्टाइनमा ६९ शङ्कास्पद बिरामी छन् ।

क्वारेन्टाइनको निरीक्षणका क्रममा उनले त्यहाँ खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा बिरामीलाई समेत भेटेका थिए । सो क्रममा प्रत्येक हप्तामा क्वारेन्टाइनको भित्र बाहिर गर्दा स्यानिटाइजर प्रयोग गर्ने र बिरामी बसेको प्रत्येक कोठामा आवश्यकतानुसार दुईदेखि तीन वटा सिलिङ पङ्खा राख्न साहले नगरप्रमुख सीयाराम कुश्वाहालाई निर्देशन दिए ।

भएकाले प्रदेश नं २ सरकारले प्रत्येक जिल्ला सदरमुकाममा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न सांसद साहले माग गरेको छ भने भीषण हावाहुरी र असिनापानीले पीडित गरिब एवं किसानलाई राहत तथा क्षतिपूर्ति दिन पनि सरकारसँग आग्रह गरेका छन् । हावाहुुरीले गरिबका झुपडी र घरको छाना गोठसमेत उडाएकाले तिनै तहको सरकार मिलेर राहतको विषेश प्याकेज ल्याउन सांसद साहले माग गरेका छन् । निरीक्षणका क्रममा उनीसँगै प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरियाका नगरप्रमुख सीयाराम कुशवाहालगायतको सहभागिता थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy