Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

कोरोना सङ्क्रमण फैलिन नदिन तरकारी आयातमा रोक, रातको समयमा नाका सिल गर्ने निर्णय

फिदिम । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो ।

प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए । झापासहित पूर्वी तराईका जिल्लाबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको न्यौपानेले बताए ।

यस्तै जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन रातको समयमा जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । रातको ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्लाका नाकाहरु राँके, काबेली, छ नम्बर बुधबारे र माझीटार सिल गर्ने उक्त बैठकले निर्णय गरेको सहायक प्रजिअ न्यौपानेले बताए । नाकाहरुमा दिउँसोको समयमा समेत उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ ।

३१ जना क्वारेन्टाइनमा

पाँचथरमा अहिले ३१ जना क्वारेन्टाइनमा रहेका छन् । चैत महिना लागेयता जिल्ला बाहिरबाट आएका व्यक्तिलाई समेत अहिले क्वारेन्टाइनमा राखिएको हो । विगतमा यहाँ १०४ व्यक्ति क्वारेन्टाइनमा दुई हप्ता बिताई घर फर्किसकेका छन् । उनीहरु अधिकांश विदेशबाट फर्केका व्यक्ति तथा तिनको परिवारका सदस्य थिए । विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका थिए । लामो समयपछि समेत कोभिड–१९ लक्षण देखा पर्ने भएपछि जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको हो ।

जिल्लाका आठ स्थानीय तहमा २०४ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् तर अधिकांशको सरकारको पछिल्लो निर्णयानुसारको स्तरोन्नति भने हुन सकेको छैन । अहिले क्वारेन्टाइनमा राखिएका केही व्यक्ति भने चैत लागेयता विदेशबाट फर्केका समेत छन् । लुकीछिपी बसेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएकालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै छ जनालाई जिल्लास्थित अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उच्च ज्वरो आएका तथा कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीलाई आइसोलेसनमा राखी स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएको हो । हालसम्म पाँचथरमा १७४ को दु्रत डाइग्नोस्टिक परीक्षण (आरडिटी) सम्पन्न भएको छ ।

यस्तै १९ जनाको स्वाब परीक्षणसमेत गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो पटक छ जनाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy