काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले श्रमिक एवं अति विपन्न ७५० लाई दैनिक बिहान बेलुका निःशुल्क भोजन शुरु गरेको छ । बन्दाबन्दी शुरु भएपछि दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने नागरिकलाई सहयोग गर्ने उद्देश्यले दाताबाट सहयोग जुटाएर निःशुल्क भोजन शुरु गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए ।
“कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण भीडभाड हुन नदिन भोजन तयार गरी पाँच स्थानबाट प्याकेटमा वितरण हुन्छ, भोजन वितरण हुने स्थानमा पनि दूरी कायम गरेर मात्र राख्ने व्यवस्था गरिएको छ”, उनले भने । नगरपालिकाले पहिलो चरणमा चैत अन्तिम साता दश हजार ५०० मजदूर एवं विपन्न वर्गका नागरिकलाई राहत वितरण गरेको थियो । बन्दाबन्दी बढ्दै गएको र राहत वितरण गर्दा व्यवस्थापन गर्न अप्ठ्यारो भएकाले वैशाखको शुरुदेखि नै निःशुल्क भोजन सेवा दिएको नगरपालिकाले जनाएको छ ।
बन्दाबन्दी रहेसम्म निःशुल्क भोजन सेवा जारी रहने छ । नगरपालिकाको जोरपाटी क्षेत्रमा रहेका गलैँचालगायत कारखानामा कार्यरत मजदूर एवं विपन्न वर्गका मानिसलाई लक्ष्य गरी यो सेवा शुरु गरिएको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: