दैलेख । दैलेखको आठविस नगरपालिकाले जग्गा बाँझो राख्नेको तीनपुस्ते विवरण लिइ नगरपालिकाबाट दिइने सेवासुविधा बन्द गर्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन गरौँ, भोकमरीबाट बचौँ’ भन्ने नाराका साथ सो नगरपालिकाले भोकमरीविरुद्ध अभियान सञ्चालन गर्ने र बाँझो जग्गा राख्नेलाई तीनपुस्ते विवरण लिइ नगरपालिकाबाट दिइने सेवासुविधा बन्द गरिने निर्णय गरेको हो ।
गतशनिबार बसेको ५१औँ बैठकले किसानलाई आवश्यकपर्ने सबै सामग्री उपलब्ध गराउने योजनाका साथ सम्भावित भोकमरीबाट जोगिन यस्तो निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतिले जानकारी दिए ।
लकडाउनका कारण उत्पन्न हुनसक्ने परिस्थितिका कारण निकट भविष्यमा भोकमरीसमेत हुन सक्ने भएकाले नगरपालिकामा रहेको जग्गा बाँझो नछोड्ने गरी खेतीबाली लगाउने नीति अवलम्बन गर्दै कृषिजन्य वस्तुको उत्पादन गरौँ, भोकमरीबाट बचौँ भन्ने अभियान सञ्चालन गरेको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । वडागतरुपमा जग्गा, किसान, अहिले कुन कुन खेती गर्न सकिने हो । खेती गर्नका लागि बीउ, प्रविधि, सामग्री के सहयोग आवश्यकपर्ने हो सो को विवरण सङ्कलन गरी सात दिनभित्र सम्बन्धित वडाले नगरपालिकामा पेश गर्ने निर्णय गरेका छौँ । “कोही कसैले आफ्नो जमिन बाँझो छोडेको पाइएमा निजलाई खेती गर्न अनुरोध गर्ने, अटेर गरे खेती नगरी जग्गा बाँझो छोड्नेको तिनपुस्ते विवरण सार्वजनिक गर्ने, नगरपालिकाबाट वितरण गरिने राहतलगायतका सहायता प्रदान नगर्ने, त्यस्तो व्यक्तिलाई नगरपालिकाबाट सञ्चालित योजनाको उपभोक्ता समितिमा समावेश नगर्नेलगायत नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्रदान निर्णय भएको छ”,उनले भने ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: