Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

हावाहुरीसँगै परेको पानीले क्वारेन्टाइनमा क्षति

मोरङ । आइतबारराति आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गाउँपालिका–४ स्थित क्वारेन्टाइनमा क्षति पुगेको छ ।

हावाहुरीले पाल, खानेपानी फिल्टर , बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । मिक्लाजुङको टाँडीमा २०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

रक्सी बरामद

यस्तै, मोरङकै रतुवामाई नगरपालिका–४ स्थित १८० बोतल कर्णाली नामक अवैध मदिरा प्रहरीले बरामद गरेको छ । दुई थान साइकलबाट अवैध रुपमा ओसारपसार गरिरहेको उक्त मदिरा प्रतिबोतलमा ३०० मिली रहेको र प्रहरीलाई देख्नेबित्तिकै साइकल चालक फरार भएको उहाँले बताए ।

यसैगरी, भारततर्फ रक्सी लैजाने क्रममा एकजनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ । हिजो दिउँसो टेम्पुमा ३० कार्टुन रक्सी लोड गरी भारततर्फ लैजाने क्रममा पक्राउ परेका व्यक्तिलाई तीन महिना कैदबापत रु २७ हजार र थप जरिवाना रु १५ हजार गरी रु ४२ हजार धरौटी बुझी रिहा गरेको तथा टेम्पो र रक्सी नियन्त्रणमा रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

यहाँ लकडाउन उल्लङ्घन गर्ने दुई हजार ३२० सवारी साधनलाई प्रहरीले नियन्त्रण लिइकामा दुई हजार १८५ सवारी छाडिएको र सोही अवधिमा ७३६ जना मानिस लकडाउन उल्लङ्घन गर्ने क्रममा पक्राउ परी ती सबैलाई छाडिसकेको नायब उपरीक्षक राईले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE