धनगढी । कोभिड–१९को परीक्षण गर्ने पद्धति आरडिटी टेष्ट र पिसिआर परीक्षणबाट परिवार सदस्यहरुको सङ्कलित नमूनाको नतिजा ‘नेगेटिभ’ आएपछि बैतडीका नरीदत्त भट्टराईको परिवारमा खुशी छायो ।
नमूना नेगेटिभ आएको खबर पाएलगत्तै बैतडी पाटन नगरपालिकामा रहेकी श्रीमतीलाई उनले कैलालीबाटै फोन गरेर खुशी साटासाट गर्दै भने, “बुवा र आफ्नो रिपोर्ट नेगेटिभ आएको छ, चिन्ता लिनु पर्दैन, ढुक्क होऔँ ।”
उन्नाइस दिन क्वारेन्टाइनको बासबाट मुक्त भई कैलालीको गोदावरी नगरपालिकास्थित सहोदर भाइको घरफर्किका भट्टराईले निसङ्कोच रासससँगको कुराकानीमा भने, ‘‘कैलालीको तेघरीस्थित नेपाली सेनाको परिसरमा बनाइएको क्वारेन्टाइनको वासले आत्मबल बढेर जाँदा कुनै त्यस्तो समस्या देखिएन ।”
क्वरेन्टाइनमा बसेको समयमा पनि आफ्ना परिवारसँग फोनमा नियमित कुरा भइरहने गरेकाले कुनै त्यस्तो तनाब र समस्या झेल्न नपरेको उनीरुको अनुभव छ । उनका भाइ कृष्ण भट्टराईले दिल्लीमा रहँदा आफूलाई कोरोनाको डर भए पनि आफ्नै देशको क्वारेन्टाइनको बसाइँले कोरोनाका शङ्काबाट मुक्ति पाउँदा ठूलै राहत मिलेको अनुभव सुनाए ।
कोरोनाबाट सुरक्षित रहन क्वारेन्टाइनमा बसेर स्वास्थ्यको रेखदेख पु¥याइएकामा निकै खुशी भएको बताउँदै उनले भने, “विदेशमा नोकरी छाड्नु परे पनि आफ्नो स्वास्थ्य बचाउनेभन्दा अहिले अरु ठूलो चिज केही छैन ।” दिल्लीमा उद्योग, कलकारखाना, होटेल, गेस्ट हाउस, ट्रान्सपोर्ट, कुकको क्षेत्रमा ठूलो सङ्ख्याका नेपाली काम गरिरहेकामा कोरोनाका कारण धेरैको यतिबेला रोजगारी गुमेको अनुमान उनको छ । उनीहरुलाई दुई दिनअघि मात्र क्वारेन्टाइनबाट घरफिर्ता पठाइएको थियो । भट्टराई दाजुभाइलाई ७३ वर्षीय बुवा लालमणि भट्टराईको किड्नीसम्बन्धी समस्याको राम्रोसँग उपचार गराउन नपाएकामा भने चिन्ता छ ।
उनलाई उपचारका लागि भारतको दिल्ली लगिएको थियो । तर त्यहाँका अस्पताल कोरोनाका कारण प्रभावित हुँदा उपचार सहज हुन नपाई त्यसै फर्किनुपर्ने बाध्ता आइलागेको थियो । एम्बुलेन्समार्फत गौरीफन्टा नाका हुँदै कैलाली पुग्नुभएपछि उहाँहरु तीनैजनाले आफ्नो स्वास्थ्यका बारेमा सजक रहँदै गोदावरी नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर क्वारेन्टाइनमा बसेका थिए ।
क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा अझै पनि प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा एक हजार ३४६ जना बसेका छन् । होम क्वारेन्टाइनमा बसिरहेको सङ्ख्या भने योभन्दा ठूलो छ । होम क्वारेन्टाइनमा बसेकाको सम्बन्धित स्थानीय तहले निगरानी गरिरहेको छ । क्वारेन्टाइनमा बसेकामध्ये अधिकांश भारतबाट स्वदेश फर्किएका नेपाली हुन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: