Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

२३ दिन आइसीयूमा रहेकी नेपाली नर्सलाई सामान्य वार्डमा सारियो

बेलायत । कोरोनाको सङ्क्रमणले २३ दिनसम्म बेलायतको १ अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ ।

उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

सो अस्पतालमा कार्यरत १ सय बढी सहकर्मीले उमालाई सामान्य शय्यामा सार्दा ताली बजाएर सम्मान प्रकट गरेका थिए ।

उमाले भनिन्, ‘म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन । उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए । म अझै अस्पतालमा छु । विस्तारै विस्तारै ठीक हुँदैछु ।’

‘सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ’ सघन उपचार कक्षका प्रमुख केट् मुरेले भने, ‘उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नुपरेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ ।’

उनले अगाडि भने, ‘तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन् । हाम्रो गौरवको एउटा अंश हुन उमा पनि । यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ ।’ आइतबार मात्रै १ नेपाली जोडी स्वस्थ भएर घर फर्किको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending