काठमाडौं । नेपाल सरकारलाई भारतले कोभिड–१९ सङ्क्रमणको रोकथाम र उपचारका लागि सहयोगस्वरुप १८ प्रकारका औषधि उपलब्ध गराएको छ । भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोरोक्विनलगायत छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज ती औषधि हस्तान्तरण गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोभिड–१९ विरुद्ध विश्व नै लडिरहेका बेला छिमेकीबाट नेपाली जनता र सरकारको प्रयासमा ऐक्यबद्धता जनाउन प्रदत्त सहयोगप्रति आभार व्यक्त गरे।
उनले भने, “सङ्क्रमण र जोखिमका हिसाबले नेपालभन्दा भारत अप्ठेरो लडाइँमा रहेको छ । आफूलाई परेको अप्ठेरोका बाबजुत भारतका तर्फबाट नेपालप्रति जे सद्भाव र सदिच्छा राखिएको छ, त्यसप्रति धन्यवाद दिन चाहन्छु ।” चीनबाट शुरु भएको कोभिड १९ को प्रकोप फैलँदै भारत आइपुगेपछि नेपाल पनि उच्च जोखिममा छ भनेर गरिएको तयारी र सावधानीलाई नेपाल सरकारले एक स्तरमाथि पु¥याएको मन्त्री ढकालले जानकारी दिए । उनले भने, “नेपालको हकमा औषधिजन्य सामग्रीमा प्रतिबन्ध नलाग्ने भन्ने भारतीय सरकारको निर्णयले दुई देशबीचको सम्बन्ध अरु बलियो तुल्याएको छ ।सो अवसरमा राजदूत क्वात्राले भारतीय सरकारका तर्फबाट उपलब्ध गराइएका औषधि सहयोगको एक उदाहरण भएको बताए ।
कोरोना रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० कोषमा नेपालबाट गरिएको योगदानको प्रशंसा गर्दै उनले कोभिड–१९ विरुद्धको लडाइँमा रहेको नेपाललाई पहिलो चरणमा यी औषधि उपलब्ध गराइएको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: