Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

किन दुवै अध्यादेश फिर्ता लिन तयार भए ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् । बिहिबार बिहान नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै उनले आफुँ अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताएका हुन् ।

उनले बिहिबार बिहान पार्टीका कार्यबाहक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालसँग विशेष भेटवार्ता गरेका थिए । नेकपा उच्च स्रोतले जनाएअनुसार भेटवार्तामा उनले अध्यादेश फिर्ता लिने वचन दिएका हुन् ।

सरकारले वैशाख ८ गते ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने गरि राजनीतिक दलसम्बन्धी अध्यादेश र विपक्षी दलको नेताबिनै संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधानसहित संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

किन फिर्ता लिन तयार भए ओली ?

नेकपाभित्र सरकारले ल्याएको दुवै अध्यादेश (राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी)प्रति निकै बिरोध भएको थियो । मुख्यत: राजनीतिक दलसम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउन र पार्टीभित्र निरंकुशताको डण्डा चलाउन ल्याइएको बताइएको थियो । अध्यादेशकै कारण ओलीले पार्टीसमेत फुटाउन सक्ने आंकलन गर्दै नेकपाका नेताहरुले विरोध जनाएका थिए ।

पार्टीभित्र सामान्य छलफलसमेत नगरी ल्याइएको अध्यादेशप्रति सचिवालयका बहुमत सदस्य विरोधमा थिए । बुधबार मात्रै २० जना स्थायी समिति सदस्यले अध्यादेशबारे छलफल गर्न स्थायी समितिको बैठकको माग गरेका थिए । पार्टी एकता प्रक्रियामै रहेको बेलामा गलत नियतका साथ पार्टी विधि र पद्धतिसमेत उल्लंघन गरि अध्यादेश ल्याइएको भन्दै नेताहरुले अध्यादेश तत्कालै फिर्ता लिन माग गरेका थिए ।

पार्टीका कार्यकारी अध्यक्षसँग समेत छलफल नगरी एकांकी रुपमा ल्याइएको अध्यादेशप्रति नेताहरुले खुलेर विरोध जनाउन थालेपछि ओली ब्याक हटेका हुन् । अध्यादेश जारीसँगै पार्टीभित्र बढ्दै गएको धु्रविकरणबाट एक्लो हुने महसुस गरेपछि ओलीले फिर्ता लिने मनोविज्ञान बनाएका हुन् । अध्यादेश ल्याउने निर्णयमा अध्यक्ष प्रचण्डसहित, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरुले खुलेरै विरोधमा थिए ।

कांग्रेससहितका विपक्षी दलहरुले पनि अध्यादेशप्रति आपत्ती जनाउँदै विराेध जनाएका थिए । विपक्षी दलहरुले अध्यादेश फिर्ता नलिनुकाे विकल्प नभएकाे बताएका थिए । विपक्षी नेताहरुले संसदबाट अवराेध गर्नेबारे रणनीति अगाडि सारेका थिए ।

के छ फिर्ता लिने कानूनी प्रावधान ?

नेकपा स्रोतले जनाएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नै अध्यादेश खारेज गर्ने सम्भावना छ । संविधानको धारा ११४ ९२० ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

\"\"

संविधानमा सरकारले ल्याएको अध्यादेश संघीय संसदको दुवै सदनले स्वीकार नगरेको स्वतः निष्क्रिय हुने र दुवै सदनबाट ६० दिनसम्म पास नभएमा पनि निस्क्रिय हुने प्रावधान छ । साथै राष्ट्रपतिबाट जुनसुकै बेला खारेज हुन सक्ने उल्लेख छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy